Wednesday, April 29, 2020

बिर्सेको छैन, खामेलेख र कुमाखमा खाएको सपथ

कथित संकटकालका विरुद्ध अछाम मंगलसेनमा फागुन ४, ०५८ मा भिषण आक्रमण गरेको जनमुक्ति सेना शाही फौजका थुप्रै घेराबन्दी तोडदै पुर्वतर्फ लाग्यो। चैत्र २९ गते दाङ सतबरियास्थित सशस्त्र प्रहरी वेस क्याम्प र लमहीस्थित इलाका प्रहरी कार्यालय कब्जा लिएर जनमुक्ति सेना अर्को मोर्चा तयारीका लागि रोल्पातर्फ लाग्यो। जनमुक्ति सेनाको निशानामा प्युठान सदरमुकाम थियो। 
जनमुक्ति सेनाको गतिविधि थाहा पाएको शाही सुरक्षा फौजले ०५९ बैसाख १९ गते रोल्पा तेवाङ र लिस्ने इलाकामा आफ्नो ठुलो फौज परिचालन गर्यो। जनमुक्ति सेनाले पनि शाही फौजको गतिविधि थाहा पाएकोले लिस्ने तेवाङको घेराबन्दीलाई प्रत्याक्रमणमा बदल्ने योजना बनायो। शाही फौजले स्थल र हवाई हमलामार्फत गरेको आक्रमणलाई जनमुक्ति सेनाले मोर्चाबन्दी युद्धमार्फत प्रत्याक्रमण गरि धुलिसाफ पारिदियो। यो लडाईमा शाही सुरक्षाफौजका कतिपय सिपाहीहरु ज्यान जोगाउन हतियार भुषमा लुकाएर, कपडा फुकालेर नाङ्गै भुतुङ्गै सुईकुच्चा ठोकेका थिए। उक्त लडाईबाट जनमुक्ति सेनाले २ थान एलएमजी, ५ थान एसएलआर, १ थान एसएमजी र गोलीहरु तथा ८१ एमएम तोपका गोलाहरु बरामद गर्यो। लिस्नेको उक्त लडाईमा जनमुक्ति सेनाका प्लाटुन सहकमाण्डर क. कमला बुढाथोकी (सुनिता) लगायत ६ जना जनमुक्ति सेनाका योद्धाहरुको शहादत हुन पुग्यो।

सल्यान जिल्ला, साविक कालागाउँ गाविस – ७ च्युराटाकुराको वामपंथी परिवारमा २०३८ भदौ ३ गते जन्मनु भएको कमला बुढाथोकी सानै देखि राजनैतिक गतिविधिमा सामेल हुँदै आउनु भएको थियो। आफ्नो ठुलो दाजु धर्मे बुढाथोकी ज्वालाको कम्युनिष्ट पार्टीप्रतिको आवद्धता र प्रतिक्रियावादीहरुको उहाँ र सिँगो परिवारलाई राजनैतिक आस्थाका कारणले दिएको पिडाले उहाँ लगायत परिवारका भाईबहिनीहरु सानै देखि वर्ग के हो र वर्गसंघर्ष किन भन्नेमा प्रष्ट हुनुहुन्थ्यो। जनवादी कलाकार, विद्यार्थी र महिला संगठन हुँदै पार्टी राजनितिमा आउनु भएकी कमला स्क्वाइड सदस्यबाट जनमुक्ति सेनामा भर्ति हुनुभएको थियो।
मैले कमरेड सुनिता विद्यालय पढने बेला देखि चिन्दथे। प्रहरी दमनले क्षतविक्षत त्यसबेलाको हाम्रो गाउमा माओवादी परिवारका उहाँ जस्ता विद्यार्थीहरुलाई पढने सक्ने वातावरण बनेन। उहाँहरु सानै उमेर देखि संगठनको पुर्णकालिन कार्यकर्ता भएर हिड्नु भयो। थरमारेमा बलिदान दिवस मनाईरहेका निहत्था विद्यार्थीमाथि प्रहरी र गुण्डाद्धारा भाला, तरबार र बन्दुकले अन्धाधुन्ध आक्रमण गरि खिमबहादुर डिसी, धनबहादुर थापा र गाविस अध्यक्ष तथा मानवअधिकारकर्मी हेमराज केसीको हत्या गरिसकेपछि सल्यानमा जनहत्याको श्रृंखला शुरु भयो। त्यसको विरुद्धमा हामी भने जिल्लाव्यापी रुपमा जनजागरणको अभियान शुरु गर्यौं। जनसरोकार मञ्च सल्यानको नाममा शुरु भएको उक्त अभियानमा हाम्रो टोलीले जिमाली, सिद्धेश्वरी, डाँडागाउँ र कजेरीमा कार्यक्रम सञ्चालन गर्यौं। उक्त टोलीमा टोलीनेता प्रकाश जिएम(अविरल), महिला नेतृ राधा वली (हाल चौरजहारी नगरपालिका उपप्रमुख), कमला बुढाथोकी (सुनिता), म र चित्रबहादुर शाह(चिन्तन) थियौं।

हामीले जनसरोकार अभियानको कार्यक्रम जिमालीबाट शुरु गर्यौं। सिद्धेश्वरी कालालेख, ढोरचौर, डाँडागाउँको ढारखानी कार्यक्रम सकेर हामी कजेरीतर्फ लाग्यौं। कजेरीमा दुईवटा कार्यक्रम गर्ने योजना थियो। खामेलेखको काखमा रहेको खातीगाउँमा रातको अन्तिम पहर वितायौं किनकी अरु पहरहरु बाटो छिचोल्दै बितिसकेका थिए। जिल्ला सदरमुकाम नजिकै कार्यक्रम गर्नुपर्ने भएकोले सुरक्षा संवेदशिलताका कारण छोटो तयारीमा अपरान्हपख मदमकाँडाको टाकुरागाँउमा कार्यक्रम सम्पन्न गरियो। हामी कार्यक्रमपछि खामेलेखको टाकुरा छिचोलेर उपल्लो कजेरी जाने योजनामा थियौं तर बाटो चिनेको कोही पनि थिएनौं। तलबाट हेर्दा खामेलेख एकाध घण्टामा छिचोल्न सकिन्छ ठानेर अपरान्हको उतरार्धमा उकालो लाग्यौं। शुरुको आधाघण्टा जति साना साना गोरेटाहरुको साहरामा उक्लीएका हामी त्यसपछि ती गोरेटाहरु हराए। ती गोरेटा गोठालो हिडेर बनेका रहेछन। अब भने हाम्रा सामु अनुमान गरेर हिड्नुको विकल्प थिएन। साँझ पर्यो। सिंगो डाँडा कुहिरोले छोप्यो। पानी पर्न थाल्यो। न ओत लाग्ने ठाँउ न ओतिने कुनै साधन। हामी निरन्तर भिजिरह्यौं र उक्लीरह्यौं। अँध्यारोले पुरै छोप्यो। आफ्नो अगाडिको मान्छेको छायाभन्दा पर केही देखिदैन। झाडीको बिचमा काँडाको चिथोराई र कोतराई सामान्य जस्तै भयो। हामी कहिले आतिन्थ्यौं र रोकिन्थ्यौं। तर हाम्रोबिचमा एकजना चाही कहिल्यै आत्तिनु भएन। न त अलिकति पनि निराशा नै उहाँ त लगातार हाँसीमात्र रहनु भयो। जब कोही साथी हतास भएर सुस्केरा हाल्छ, उहाँ भने हाँस्न थाल्नु हुन्थ्यो र सिँगै टिमको समस्या दुर गरिदिनु हुन्थ्यो। उहाँ उही कमला बुढाथोकी सुनिता हुनुहुन्थ्यो। उकालो सकियो, डाँडा आएको महशुस भयो। अब कता जाने अन्यौलकैबिच  पारि गाउँमा आगोको धिप्को बलेको देखियो। हामीले गन्तव्य त्यतै हो भनठानेर अगाडि बढ्यौं। निष्पट्ट अँध्यारोमा छामछाम छुमछुम गर्दै खामेलेखबाट ओरालो झर्दा कस्तो भयो होला आफै अनुमान गरौं। कतै पहाडी खाेंच वा सुरुङमा छिरेका भए, या ओढारमा परेर चिप्लिएको भए? मृत्यु जितेर हिडेपछि यी सबै चिजलाई जितिदो रहेछ झैं लाग्छ अचेल। कहिले लहरामा तुङ्रुङ्ग झुण्डीदै त कहिले रुखको फेदको आड लाग्दै, निगालाका झाडीमा बेरीदै एक घण्टाको दुरी होला हामीलाई पाँच घण्टा लाग्यो गाउँमा झर्नलाई। रातको १२ बजेतिर हामी लेखागाउमा पुग्यौं। आगो सेकायौं र किसान आमा बाको न्यानो आतिथ्यतामा बाँकी रात वितायौं।

आज मैले किन यो विषयलाई उल्लेख गर्दैछु भने कमला बुढाथोकी सुनिता संकट र कठिनाईमा पनि मुस्कुराउन र हाँस्न सिकेकी थिइन। न त उनको बाल्याकाल नै सहज रुपमा विते न त जनयुद्धकालका कठिन संघर्षहरु तर उनी सधैं हिम्मत र साहसकासाथ जनमुक्ति आन्दोलनमा जनतासँग हाँसेरै विताईन। जनमुक्ति सेनामा आवद्ध भएको छोटो समयमै युद्धमैदानमा विरतापुर्ण बलिदान गरिन। महान शहिद क. कमला बुढाथोकी सुनितालाई हार्दिक नमन, हार्दिक लाल सलाम। शहिदहरु न्याय र मुक्तिको लडाईमा हाँस्दा हाँस्दै आफुलाई वलिदान गरेर गए तर हामी आजको घिनलाग्दो लडाईमा हाँस्न सकेका छैनौं। चैनसँग एकक्षिन पनि बाँच्न सकेका छैनौं।
कमाण्डर नेपबहादुर कवँर विवेकका अनुसार लिस्ने लगतै जनमुक्ति सेनाको मुख्य शक्ति गामस्थित शाही सेनाको वेसक्याम्पको आक्रमणमा केन्द्रीत भयो। बैसाख २४, २०५९ को उक्त भिषण आक्रमणमा जनमुक्ति सेनालाई ठुलो सफलता प्राप्त भयो। एक थान ८१ एमएमको तोप र गोलाहरु, एक थान रकेट लन्चर, जिपीएमजी, एलएमजी लगायत ५० औं थान हतियार र १० हजार बढी गोलीहरु कब्जा भए। उक्त आक्रमणमा सरकारी सुरक्षाफौजतर्फ १०४ जनाको निधन भयो भने जनमुक्ति सेनातर्फ कम्पनी कमाण्डर जमानसिंह पुनसहित ३५ जनाको शहादत भयो। जसमा सल्यान भल्चौर – धुल्खर्कका रमा पुन(आशा), काल्चे – ३ मधुवनका मोहन खडका(दिपक), काल्चे – टाकुराका डिलबहादुर डिसी(सुवास) र वामे – ९ पाटकेका कालिबहादुर बुढाथोकी(एटम) शहिद हुनुभयो।

लिस्नेबाट सल्यान जिल्ला फर्किरहेको प्लाटुन रोल्पाको पाछावाङमा बैसाख २३ गते शाही सुरक्षाफौजको घेरामा पर्यो। उक्त लडाईमा प्लाटुन भिसी, मेरो अनन्य मित्र जिमाली ६ का मोहन रेग्मी(विजय), चाँदे ५ घरेलीका कासिराम बोहरा(संघर्ष), कजेरी ७का कर्ण बुढाथोकी(कमल) र कालागाउँ ७ का महाविर बुढाथोकी(हावा)को शहादत हुन पुग्यो।
मोहन रेग्मी(विजय) मेरो जीवनको अविस्मरणीय योद्धा मध्य एक हो। उहाँ र मैले पार्टी सदस्यताको सपथसँगै लिएका थियौं। उहाँले देश र जनताको लागि आफुलाई वलिदान गर्न पनि पछि पर्ने छैन भन्ने सपथ पुरा गरिसक्नु भएको छ। जब मैले भुमीगत राजनीति शुरु गरे, उहाँको परिवारका सदस्य जस्तै हामी सपरिवार नै कयौं दिन उहाँको घरमा बिताएका छौं। विजय र म एउटै पार्टी सेल कमिटिमा रहेर काम गर्यौं। कुमाख देखि सल्यान खलंगासम्म कतिपटक फन्को लगाईयो। कुमाखको टुप्पोमा चढेर सगरमाथा चुम्ने सपना बुनियो। एकदिन हामी कुमाखको टाकुरामा चढेर कुमाख कवितायात्रा शुरु गर्यौं। हाम्रो कविता लेख्ने प्रतिस्पर्धा नै चल्थ्यो। त्यो दिन त उनले दुइतिन घण्टा हराएर काव्य नै तयार गरेर ल्याएछन। त्यसपछि प्रतिस्पर्धामा उनी नै अब्बल सावित भए। मेरो सुदुरपश्चिमको यात्रा पछि हाम्रोबिचमा भेट हुन पाएन। विजयले विवाह गरे भन्ने सुने। विजय र उहाँको जीवनसाथी पनि शहिद हुनुभएको पिडादायी खबर पनि सुदुरपश्मिमै प्राप्त भयो। आज मैले लिस्ने गाम र पाछावाङलाई एकैपटक सम्झने प्रयास गरेको छु। महान मान्छेहरुप्रति हार्दिक श्रद्धाञ्जली!

क्रान्ति सिधा र सपार्ट हुदैन। यो कहिले रक्तपातपुर्ण युद्धको रुपमा त कहिले रक्तपातविहीन युद्धको रुपमा अघि बढिरहन्छ। रक्तपातपुर्ण युद्ध जति क्रुर र पीडादायी थियो, त्यो भन्दा बढि क्रुर र पीडादायी शान्तिपुर्ण क्रान्तिका दिनहरु हुँदा रहेछन। जहाँ मान्छे मान्छेबिचमा विभेद र असमानता रहन्छन त्यहाँ क्रान्ति अनिवार्य छ। भलै त्यो आ आफ्नो विशेषता अनुसार अघि बढोस। आज हामी क्रान्तिका उपलब्धीहरुका हकदार छौं। यसको सबभन्दा बढी हकदार उहाँहरु हुनुहुन्छ, जो आफुलाई वलिदान गर्न तयार हुनु भयो।
हाम्रा अगाडि क्रान्तिका आजका चुनौतीको सामना गर्ने दायीत्व छ। यो धेरै चुनौतीपुर्ण मोडमा छ। कम्युनिष्ट आन्दोलनका विपरितहरुको विचमा एकत्व कायम गर्दै, एकता संघर्ष र रुपान्तरणको माध्यमबाट नयाँ आधारमा नयाँ एकता कायम गर्ने र समाजवादी क्रान्तिको सेवा गर्ने पार्टी एकताको मर्म र भावना हो। यो मर्मका विरुद्ध जाने छुट हामी कसैलाई पनि छैन। आज कम्युनिष्ट आन्दोलनमा जुन प्रवृति हुर्किएको छ, त्यो सामन्तवादकै उत्तरदानस्वरुप आएको हो। पार्टी, क्रान्ति, जनमत र नेतृत्वबारे पुरै मनोगत बन्नु, म नभए संसार घुम्दैन भन्ने सोच विकास हुनु, संकृण गुटस्वार्थ, सत्तास्वार्थ र शक्तिको दम्भ र घमण्ड प्रर्दशन गर्नु र कम्युनिष्ट पार्टीलाई आफ्नो विर्ता जस्तो सम्झनु, राज्यलाई कर्पोरेट घरानाको हितार्थ सुम्पीनु र उनीहरुको एजेन्टको रुपमा काम गर्नु, सामन्ती तथा दलाल चिन्तनप्रणालीको विकृत रुप हो। कम्युनिष्ट पार्टीमा वैचारिक राजनैतिक बहस र संस्थागत निर्णय प्रणालीमा गएर मात्र यसप्रकारका खराबीमाथि विजय प्राप्त गर्न सकिन्छ।
२०७७ बैसाख १७ 
काठमाडौं, 

Friday, April 24, 2020

सम्झनामा पुर्ण पौडेल

सर्वहारावर्गका पथप्रर्दशक कार्लमाक्र्सको भनाईमा मानव जातिको सम्पुर्ण इतिहास नै वर्गसंघर्षको इतिहास हो। जुन समय देखि समाजमा वर्गविभाजनको अवस्था आयो र एकवर्गले अर्कोवर्गमाथि शोषण, दमन र अत्याचार गर्न थाल्यो त्यसको सँगसँगै त्यसका विरुद्ध विरोध र प्रतिरोध पनि शुरु भयो। यसरी समाजमा वर्गीय, जातिय, क्षेत्रिय, लैंगिक लगायतका सबैखाले उत्पीडन र विभेदका विरुद्ध कहिँ न कहिँ संघर्ष चलिरहेको हुन्छ। र, संघर्ष नै मानवजातिको इतिहासको चालक शक्ति रहँदै आएको छ। मानव इतिहासमा प्रतिक्रियावादी शासकिय चिन्तन र प्रवृतिका विरुद्ध ठुला ठुला संघर्ष हुदै आएका छन। नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि पनि विगत इतिहासमा ठुल–ठुला गौरवमय क्रान्तिहरु सम्पन्न भएका छन, जसले समाजको अग्रगामी रुपान्तरणलाई निरन्तर दिशाबोध गरिरहेको छ। २००७ साल वरपरबाट शुरु भएको नेपालको लोकतान्त्रिक आन्दोलनले ७० औं बर्ष पार गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पनि ७१ बर्ष पुरा भएको छ।
क्रान्ति र बलिदान एक आपसमा परिपुरक वा अन्यान्योश्रीत हुँदारहेछन। वलिदान विनाको क्रान्ति न त विश्व इतिहासमा कतै संभव भए न त नेपालको इतिहासमा नै सम्पन्न भए। नेपाली समाजमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध आमुल परिवर्तनको लागि शुरु भएको माओवादी जनयुद्धमा नेपाली जनताका हजारौं सर्वोत्तम छोराछोरीले आफुलाई सचेततापुर्वक वलिदान गरे। सयौं योद्धाहरु प्रतिक्रियावादी सत्ताद्धारा वेपत्ता बनाईए। हजारौं योद्धाहरु घाईते र अँगभँग भएर कष्टकर जीवन बिताईरहेका छन। जनयुद्धमा राज्यद्धारा वेपत्ता पारिएका योद्धाहरुको पंक्तिमा अखिल(क्रान्तिकारी)का तत्कालिन महासचिव पुर्ण पौडेलले पनि आफुलाई उभ्याउनु भयो। उहाँले सामन्ती तत्वका अघि झुक्न तयार हुनु भएन बरु वेपत्ता योद्धाको जीवन रोज्नु भयो।

आज बैसाख १३ गते, आजभन्दा १८ बर्ष अगाडि २०५९ बैसाख १३ गतेका दिन लोकेन्द्रबहादुर चन्द नेतृत्वको ज्ञानेन्द्र शाहीको कठपुतली सरकारले उहाँलाई काठमाडौंबाट गिरप्तार गरि वेपत्ता पार्यो। जनयुद्ध दबाउने नाममा यो भन्दा पहिले पनि जनसाधारणहरुको हत्या, आतंक, आगजनी, बालकदेखि बृद्धसम्मको सामुहिक बलात्कार र हत्या, निहत्था नागरिक वेपत्ता पार्ने जस्ता जघन्य र आततायी अपराध त प्रतिक्रियावादीहरुले गरिरहेका थिए। ०५२ फागुन १४ गते प्रहरीको गोली लागि जनयुद्धको पहिलो शहिद गोरखाका ११ बर्षिय बालविद्यार्थी दिलबहादुर रम्तेल बन्न पुगेका थिए। ने.क.पा.(माओवादी)का केन्द्रीय सदस्य, बौद्धिक, वैचारिक तथा उदीयमान क्रान्तिकारी नेता क. दण्डपाणी न्यौपाने(दिपेन्द्र शर्मा)लाई २०५६ जेठ ७ गते काठमाडौंको टेबहालबाट गिरप्तार गरि वेपत्ता बनाएको थियो। तर ज्ञानेन्द्र शाहीको नेतृत्वमा संकटकाल घोषणा गरि शाही सेना परिचालन गरिसकेपछि जनदमन, हत्या आतंक र वेपत्ताको अझ विभत्स श्रृंखला अगाडि बढाईयो। माओवादीका विरुद्ध शाही सेनाको परिचालन प्रतिक्रियावादी सत्ताको अन्तिम अश्त्र थियो। उनीहरुले माओवादी समाप्त पार्न जुनसुकै अपराधका लागि पनि आफुलाई निवस्त्र रुपमा प्रस्तुत गरे। संगठनका तत्कालिन उपाध्यक्ष बेनोज अधिकारीलाई पुर्वी नेपालको मोरङमा गिरप्तार गरि चरम यातना दिएर २०५८ फागुन २४ गते खोर्साने जंगलमा लिएर दोहोरो भिडन्तको नाममा हत्या गरे। पश्चिम नेपालमा पुर्व उपाध्यक्ष ज्ञामप्रसाद चालिसेको हत्या गरियो। संगठनका केन्द्रीय सदस्यहरु रामबहादुर रायमाझी, जनम बराल, रिषि घिमिरे, नारायण शर्मा, टिकाराम गौतम, गणेश ढकाल, शंकर तमु, प्रितकुमार मोक्तान, कमल पौडेल, पसिन्द्र पटेल, बैकुण्ठ पोखरेल, सम्झना चौधरी, कमल पुन, पुर्व विद्यार्थी नेताहरु संयोजक कृष्णसेन इच्छुक, राममणी भट्टराई, लेखनाथ पौडेल, शरद अवस्थी, इश्वर ढुंगाना, नवराज शाही, सुनिता सापकोटा, विजय ढकाल, सुजित यादव लगायत सयौं नेताकार्यकर्ताको कायरतापुर्वक हत्या गरियो भने पुर्ण पौडेल लगायत विपीन भण्डारी, ज्ञानेन्द्र त्रिपाठी, गोकुल निरौला, दीपेन्द्र पन्त, सिएन ढुँगाना, नविन राई, दिलबहादुर राई, देवहरि रिजाल, निर्दल साह, कृष्ण चौधरी, जानकी चौधरी लगायत केन्द्रीय नेतृत्व र अरु सयौं योद्धाहरुलाई गिरप्तार गरि वेपत्ता पारियो। जनवादी शिक्षा प्राप्तिको आन्दोलनलाई आफ्नो अभिष्ट बनाएको अखिल(क्रान्तिकारी) र जनवादी राज्यसत्ता स्थापनार्थ विद्रोहको झण्डा बोकेका न्यायप्रेमी जनता र माओवादी क्रान्तिकारीहरुले जनयुद्धको दौरान वलिदानको अद्धितिय कोटा चुक्ता गरे। जो नेपालको राजनैतिक इतिहासमा स्वर्णिम अक्षरले रेखाँकीत भईसकेको छ।
नेपाली विद्यार्थी आन्दोलनमा नेतृत्वको शिर्ष तहबाट वेपत्ता पारिने नेता पुर्ण पौडेल हुनुहुन्छ। उहाँको जन्म ०३१ कार्तिक ११ गते बुवा गंगाप्रसाद पौडेल र आमा मोतिमायाको कोखबाट भएको थियो। ०४९ सालमा संगठनको कास्की जिल्ला अध्यक्ष हुनुभएका पुर्ण पौडेल ०५२मा सम्पन्न अनेरास्ववियू(क्रान्तिकारी)को तेह्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यका निर्वाचित हुनुभएको थियो। उहाँ २०५७ मा संगठनको केन्द्रीय महासचिव चयन भएर संगठनको उपत्यकाको काममा क्रियाशिल हुनुहुन्थ्यो भने ०५८ मा विराटनगरमा सम्पन्न एकताको १५ औं राष्ट्रिय सम्मेलनबाट पनि महासचिव नै निर्वाचित हुनुभयो। विराटनगर सम्मेलनमा तत्कालीन माले अखिलको ठुलो टिम कृष्ण केसीको नेतृत्वमा विद्रोह गरि अखिल(क्रान्तिकारी) मा एकता गर्न पुगेको थियो भने अखिलका अन्य घटकबाट पनि साथीहरुले विद्रोह गरि एकतामा सहभागी बन्नुभएको थियो। त्यसैले यो सम्मेलनलाई क्रान्तिकारीहरुको एकताको सम्मेलन भनिएको थियो।

मैले क. पुर्ण पौडेलसँग लामोसमय काम गर्न पाईनँ। विराटनगर सम्मेलनको उद्घोषक देखि बन्दसत्रको सञ्चालकसम्म भएर उहाँले गरेको वैचारिक तथा संगठनात्मक नेतृत्वबाट म लगायत सम्मेलनका प्रतिनिधिहरु उहाँको नेतृत्वप्रति नतमतस्क नै भएका थियौं। विराटनगरबाट काठमाडौं पुगेर आरआर क्याम्पसमा भएको घोषणासभा देखि केन्द्रीय समितिको बैठकसम्म गरेको गतिविधिले उहाँको भावि नेतृत्वप्रति हामी निश्चिन्त भैसकेका थियौं। कमरेड लेखनाथ न्यौपाने अहिले पनि भन्नुहुन्छ नेतृत्व भनेको आवश्यकता र आकस्मिकताको योग रहेछ। यदी पुर्ण पौडेल र वेनोज अधिकारी जीवित भएको भए म विद्यार्थी आन्दोलनमा नेता हुने संभावना नै हुने थिएन। म त ललीतपुर पार्टीको जिम्मा लिएर उपाध्यक्षबाट विदा हुनेमा ढुक्क थिएँ। जब पुर्वमा वेनोज शहिद हुनुभयो र उपत्यकामा पुर्ण वेपत्ता हुनुभयो, अनि म विद्यार्थीको रिक्तता चिर्न आईपुगेको हुँ। साँच्चै पुर्ण पौडेल एक सालिन र निर्भिक कमाण्डर थिए। उनको प्रभावशाली व्यक्तित्व, प्रखर भाषणकला, बलियो वैचारिक क्षमता, बैरी विरुद्धको आक्रामक अभिव्यक्तिशैली, वर्गप्रेम तथा वर्गीय राजनितिप्रतिको निष्ठापुर्ण प्रतिवद्धता उहाँका जीवनका परिचय हुन। सायद यही परिचय नै दुश्मनका लागि ठुलो खतरा बन्नुभयो र उहाँलाई हामीबिचबाट सदाका लागि वेपत्ता पारियो।
१५ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले(ललितपुर हात्तिवनमा सम्पन्न) कमाण्डस्तरिय प्रशिक्षणमार्फत योजना सम्प्रेषण गर्ने कार्यक्रम बनायो। पहिलो कार्यक्रम पश्चिम कमाण्डको दाङमा सम्पन्न गर्ने निश्चित भयो। केन्द्रीय कार्यालयको टिम प्रशिक्षणमा जाने भएकोले हामी सँगै पश्चिम जाने भयौं। सोही योजना अनुसार म पुर्ण दाईसँगै उहाँको कोठाँ गए। त्यतिबेला उहाँ सोह्रखुट्टे बस्नुहुँदोरहेछ। आस्था भाउजु पनि काठमाडौंमा हुनुहुन्थ्यो। सोह्रखुट्टेको तल दक्षिणी भागमा त्यतीबेलासम्म खेतका गराहरु थिए। विचमा भएका केही घरहरुमध्य एउटा घरमा हामी पुग्यौं, जहाँ उहाँको डेरा थियो। मेरो स्वास्थ्य त्यतिराम्रो थिएन। पिनासले सताईरहेको थियो। संकटकाल, हिउँदको चिसो, कञ्चनपुरको अर्जुनी र बाईसेविचुवाको जंगल तथा चुरेको फेदीको बासले मलाई पिनासले सताउन थालेको हो, जुन आजपर्यन्त दिर्घरोग बनेर बल्झीरहन्छ। बाजुरा मार्तडी, टाटे लगायत स्थानमा राष्ट्रिय सम्मेलनको प्रचार सकेर, भाद्र २७ गते बझाङ सदरमुकाम चैनपुरको जनसभालाई सम्वोधन गरेर, कैलाली हुँदै राप्तीका प्रतिनिधिहरुसँग भेट गरि विराटनगर पुग्दा थुप्रै दौडधुप भएको थियो। विराटनगर सम्मेलनको अनिद्रा र थकान, काठमाडौंको चिसो वातावरणसम्म आउँदा स्वास्थ्य प्रतिकुल बन्न पुग्यो। पुर्ण दाईले पानी उमालेर वाफ लिन लाउनु भयो। तातोपानी पिउने सल्लाह दिनु भयो र पिनासको औषधी ल्याईदिनु भयो। त्यसले मेरो पश्चिम नेपालको यात्रामा सहजता थप्यो। अहिले पनि मलाई उहाँहरुको आतिथ्यता, कार्यकर्ताप्रतिको नेतृत्वको लगाव तथा अभिभावकीय भुमीकाले सधैं उद्धेलित बनाईरहन्छ।
संगठनका अध्यक्ष देबेन्द्र पराजुली, महासचिव पुर्ण पौडेलसँगै हामी दाङ पुग्यौं। दुई दिन हाम्रो बसाई दाङमा भयो। जनमुक्ति सेनाको एउटा टुकडीले कार्यक्रमको सुरक्षा र व्यवस्थापनको जिम्मा लिएको थियो। संयोगले यो टुकडीको नेतृत्व दाजु क. संघर्षले गर्नुभएको थियो। पुर्ण दाई र संघर्ष दाईको बिचमा मैले परिचय आदानप्रदान गराएँ। पुर्ण दाईले युद्धका अनुभवहरुबारे संघर्ष दाईसँग वार्तालाप गर्नुभयो। हामी कार्यक्रम सकेर लमहीसम्मको लागि सँगै निस्कने भनेर हिड्यौं। साथमा पश्चिमतिरका सबै नेतृत्वको साथीहरु हुनुहुन्थ्यो। भेरी कर्णाली क्षेत्रका संयोजक रामदिप आचार्य, सेती महाकाली क्षेत्रका संयोजक जनम बराल, रिषि घिमिरे लगायतका कमरेडहरु। लमहीको माथिल्लो डाडाँ, जहाँबाट हामी विदाईका हात मिलायौं। उहाँहरु पुर्व(उपत्यका)का लागि प्रस्थान गर्नुभयो भने हामी पश्चिमको लागि। देशमा राजनैतिक संकट नजिक देखिन्थ्यो किनकी प्रतिक्रियावादी शक्ति वार्तामा संविधानसभाको माओवादी प्रस्तावलाई लत्याउने र माओवादीलाई आत्मासर्मपण गराउने षडयन्त्रमा थिए। माओवादी भने शान्तिवार्ताको समयलाई सदुपयोग गर्दै देशव्यापी रुपमा चार तयारीको कामलाई अघि बढाएको थियो। हामी निकट प्रतिरोध युद्धमा आफुलाई तयार गर्ने योजना सम्प्रेशनमा लागेका थियौं। किनभने जनयुद्धको थालनी देखि विद्यार्थी संगठनलाई नै सबभन्दा बढी माओवादीको नाममा निशानामा लगाएका हामीले विर्सने कुरा थिएन। हामी पचास प्रतिशत केन्द्रीय समितिले आगामी संघर्षमा वलिदान गर्ने सपथ लिईसकेका थियौं। हामीले छुट्टीदा को – कसलाई आगामी कोटा जिम्मामा आउँछ, तयार हुने भन्दै विदा भयौं। क्रान्तिको मोर्चामा जाँदै गरेको विदाई आफैमा भावनात्मक नै हुन्छ। त्यसमा पनि काठमाडौंको मोर्चा सम्हाल्नु युद्धकालमा सामान्य कुरा थिएन। विदा हुँदा हामी सबै भावुक बन्यौं। हेर्दा त्यती कठोर लाग्ने पुर्ण दाई पनि पग्लीनु भयो। हामी छुट्टिएको ६ महिना पछि नै उहाँलाई हामीबिचबाट वेपत्ता पारियो, गायव पारियो। जब हामी विदाई हुँदाको त्यो समय र स्थान मेरो अगाडी आएर उभिन्छ, म आफुलाई सम्हाल्न सक्दिन। आजभन्दा ४ बर्ष पहिले पोखरामा पुर्णदाईको सम्मानमा आयोजीत समारोहमा त्यस्तै भयो। मैले जब विगत सम्झिएँ र सम्झिएँ आदरणीय दाई पुर्णलाई, सम्हालिन सकिनँ। परिवारका सदस्यले पो सम्हाल्नु पर्ला जस्तो अवस्था आयो। पुर्ण दाई, तपाई लगायत सम्पुर्ण शहिद तथा वेपत्ता योद्धालाई हार्दिक सम्मान तथा सलाम अपर्ण गर्दछु।

१८ बर्षको यो अन्तरालमा नेपालमा ठुला ठुला राजनैतिक परिवर्तनहरु भएका छन। राजतन्त्र इतिहासको विषय बन्यो। माओवादी नेतृत्वमा सरकार बने तर अहँ उहाँलाई आज पनि वेपत्ताको सुचीमा राखेर खोज्नु पर्ने अवस्था छ। राजतन्त्रलाई गणतन्त्रमा र युद्धलाई शान्तिमा बदल्ने बेला जे सम्झौता भए। सम्झौताले वेपत्ता योद्धाहरुको अवस्था थाहा पाउन आयोग बनाईयो, त्यो अझैं काममा छ। आजका दिनसम्म पनि आयोगको म्याद थप्दै गएको अवस्था छ तर यर्थाथ सार्वजनिक हुन सकेको छैन। राजनैतिक परिवर्तन पछि दुई दशकसम्म पनि वेपत्ताको अवस्था थाहा नहुनु कम पीडादायी कुरा होइन। पुर्ण दाईको आमा लगायत सम्पुर्ण आमा बा र आफन्तजन, वेपत्ता योद्धाका जीवनसाथीले छातिमा फोटो टाँसेर कति संघर्ष गरे, ”कि सास, कि लास“ चाहियो भनेर कति शक्तिकेन्द्रका्े ढोका चाहरे अहँ केहि पत्तो लागेन। पुर्ण पौडेलको बहिनी तेजकुमारी पौडेल विद्यार्थी आन्दोलन र व्यवस्थापिका संसदमा रहेर वेपत्ता खोजी अभियानमा निरन्तर लाग्नु भयो। क. दण्डपाणी न्यौपानेका श्रीमती शान्ता न्यौपाने व्यवस्थापिका संसदमा सदस्य रहेर वेपत्ताको खोजी गरिएर भनेर आवाज उठाउनु भयो। उहाँका छोरा गोपाल न्यौपानेले विद्यार्थी संगठनमा शहीद तथा वेपत्ता योद्धाका सन्ततीहरुको विभागीय नेतृत्व गरि वेपत्ता योद्धाको सार्वजनिकीरणलाई आन्दोलनको विषय बनाईराख्नु भयो। क.ज्ञानेन्द्र त्रिपाठीको श्रीमती सर्मिला त्रिपाठी र विपिन भण्डारीको बुवा अधिवक्ता एकराज भण्डारी वेपत्ता परिवार समाजको क्रमशः अध्यक्ष भएर संघर्षको नेतृत्व गर्नुभयो। भण्डारीले अन्तरिम व्यवस्थापिकाको सदस्य भएर सदनमा पनि संघर्षको नेतृत्व गर्नुभयो। सर्मिला त्रिपाठी अहिले सेती महाकाली प्रदेशको प्रदेश प्रमुख हुनुहुन्छ। अब त आस मरिसक्यो भनिरहन्छन वेपत्ता योद्धाका आमाबा तथा आफन्तहरु।

देशमा नयाँ संविधान निमार्ण भयो। वामपंथी कम्युनिष्ट पार्टीलाई दुईतिहाई जनमत प्राप्त भयो। तीन तहका सरकार कम्युनिष्ट पार्टीका छन। शान्ति, विकास र सामाजिक न्याय सहितको समृद्धि कम्युनिष्ट पार्टी र सरकारको एजेन्डा हुन। पार्टी, सरकार र नेतृत्व आज जुन स्थानमा छ, त्यसको मुख्य देन भनेकै जनयुद्ध र जनआन्दोलनका शहिद र वेपत्ता योद्धाहरुको हो र घाईते योद्धाहरुको हो भन्नेमा दुईमत छैन। हामीले विगतमा शहिद तथा वेपत्ता योद्धाहरुको योगदान र वलिदानलाई समाजमा स्थापित गर्न थुप्रै कामहरु गर्दै आएका छौं। शहिद र वेपत्ताका नाममा पुस्तकालय निमार्ण, विभिन्न अतिरिक्त क्रियाकलाप, शहिद र वेपत्ता योद्धाहरुको संग्रह अजम्बरी हस्ताक्षरको प्रकाशन लगायतका काममार्फत नयाँ पुस्तामा समाज परिवर्तनको बाटोमा वलिदान र समपर्णको औचित्यलाई सम्प्रेशन गर्दै आईरहेका छौं। परिर्वर्तित सन्दर्भमा एकिकृत भएको पार्टी र यसका भातृ संस्थाहरुले शहिद र वेपत्ताहरुको सम्मान र सम्झनामा समय खर्च गर्न कन्जुस्याई नगरुन। वेपत्ता योद्धाहरुको अवस्था जान्नको लागि बनेको आयोगको काममा तदारुकताको लागि खबरदारी गर्ने आफ्नो कार्यसुचीलाई नविर्सीदिउन। मानव जातिको संघर्षमा सपना हराउनु वा सपनाको मृत्यु हुनु ज्यादै दर्दनाक कुरा हो। शहिद र वेपत्ता योद्धाहरुले देखेका सपना शोषण, विभेदरहित समाजको निमार्ण हो। शैक्षिक विभेदको अन्त्य र जनवादी शिक्षा प्रणालीको स्थापना हो। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारलाई मानिसको मौलिक अधिकार मानेको छ। देशलाई समाजवादउन्मुख राज्य भनेको छ। यो त केवल ढोका खोलेको मात्र हो। संघर्षशिल यात्रा र गन्तव्यको लागि अझैं सपनाहरुको रक्षा गरिनुपर्दछ। साविक अनेरास्ववियु र साविक अखिल(क्रान्तिकारी)बाट एकीकृत भई बनेको अनेरास्ववियूका नेता – कार्यकर्ता साथीहरुलाई निवेदन गर्दछु।
२०७७ बैसाख १३ गते
रुम क्वारेन्टाइन, तिनकुने, काठमाडौं । 

Thursday, April 23, 2020

स्मृतिमा घोराहीको जनसागर (सन्दर्भः लोकतन्त्र दिवश)

“सामन्ती राजतन्त्रका हामी मलामी, उदाउँदो गणतन्त्रलाई रातो सलामी” भन्दै घोराही ट्राफिक चोकमा लाखौंको सचेत जनसमुदाय, जनमुक्ति सेनाका सिभिल पोशाकमा उपस्थित सयौं योद्धाहरु र हजारौं पार्टी कार्यकर्ताले सामन्ती निरंकुश राजतन्त्रका विरुद्ध जनविद्रोहको भावना उरालेको आज ठिक १४ बर्ष भएछ । 
त्यो दिन विद्यार्थी प्रतिनिधि जीवन हमाल भनेर दिएको मेरो परिचय विद्यार्थी मात्र होइन माओवादीको परिचय थियो । गगनभेदी गणतन्त्रको नारा, घोराहीको त्यो विजयोत्सव, ओहो ,अहिले भर्खर जस्तो लाग्छ । जीवन परिवर्तन र क्रान्तिलाई सुम्पिएको लाखौं योद्धाहरुको त्यो जुलुश । आम जनता नै लोकतन्त्रका योद्धामा बदलिएको त्यो विशाल जनसमर । लाखौंको गगनभेदी आवाजले गुञ्जीएको धर्ति र आकाश, बैसाखको धुपमा प्रत्येक घरका छतबाट गरिएको जलवृष्टी र पुष्पवृष्टी, जसले विजयोत्सवको सन्देश जनजनमा प्रवाहित गरिरहेको थियो । जुलुशले निरंकुश राजतन्त्रका विरुद्ध नारा होइन लाभा ओकलिरहेको थियो । जुलुशको बिचबाट कार्यक्रमको मञ्चमा उक्लिदा शरिरका सबै जीवित तन्तु मात्र होेइन रौँ रौं पनि यति उद्देलित थिएकी त्यसको वयान गरि साध्य छैन । नयाँ नेपालको सपना, अग्रमोर्चाका जनता र जनमुक्ति सेनाको नाममा हुने प्रत्येक अभिव्यक्तिमा पुरै मास जुरुक्कै उठ्थ्यो र आकाश गुञ्जाएमान हुन्थ्यो । अहो⁄ त्यो उद्देलन, त्यो उल्लास, त्यो महाउत्सब, त्यो उत्सर्गको भावना कति विशाल र सुन्दर थियो । मान्छे गणतन्त्रको लागि सेकेन्ड, सेकेन्डमा आफुलाई बलि चढाउन तयार थियो र त सामन्ती निरंकुशता इतिहासको कुडाकर्कटमा फालियो ।
आज म सम्पुर्ण क्रान्तिकारी जनसमुदाय, जनमुक्ति सेनाका योद्धाहरु, नेतृत्व जसले मलाई त्यो विजय उद्घोषको वक्ता बनायो, सलाम गर्दछु । हामीलाई विजयको त्यो माहोलमा पुर्याउने महान शहीदहरुमा हार्दिक सम्मान तथा अभिवादन ।
ज्ञानेन्द्र शाहीका विरुद्ध जनताको निर्णायक संघर्ष चुलिदै गएको थियो । सात राजनैतिक दल र नेकपा(माओवादी)ले १२ बुँदे सम्झौताको मर्म अनुसार नै फौजी तथा गैरफौजी अर्थात् जनयुद्ध र जनआन्दोलनको संयुक्त मोर्चाबाट सामन्ती निरंकुश राजतन्त्रमाथि प्रहार केन्द्रीत गरेका थिए । जनआन्दोलनमा हाम्रो कार्यक्षेत्र राप्ती अर्थात तत्कालीन केन्द्रीय आधार इलाकामा थियो । म त्यो क्षेत्रको अखिल(क्रान्तिकारी) को संयोजकको भुमीकामा थिएँ । पार्टीको चुनबाङ बैठक पछि चुनबाङमै बसेको संगठनको केन्द्रीय कार्यालयको बैठकले मेरो कार्यक्षेत्र सेती महाकालीबाट केन्द्रीय आधार इलाकामा तोक्यो र म बैठकबाट पश्चिम नफर्किएर राप्तीको योजना निमार्ण र कार्यान्वयनमा जुटे । 
विद्यार्थी मोर्चाको जिम्मा भएकोले स्वाभाविक रुपमा म दाङ केन्द्रीत भएँ । पुर्णबहादुर सिंह, रत्न महरा, तिलकराज भण्डारी लगायतका विद्यार्थी नेताहरु विभिन्न जिल्लाको जिम्मामा खटिरहनु भएको थियो भने दाङमा खुसिराम चौधरी लगायतका साथीहरुले मलाई सघाईरहनु भएको थियो । हामीले ०६२ फागुनको स्ववियुलाई गणतन्त्रको मुद्धामा केन्द्रीत गर्यौं । अखिलका सबै धारा र नेविसंघलाई गाउँमा बोलाएर महेन्द्र बहुमुखी क्याम्पस लगायतका क्याम्पसहरुमा संयुक्त स्ववियु निमार्णको सहमति गर्यौं । क्याम्पस चिफ तथा प्रशासनका सरहरुलाई गाउँमै बोलाएर स्ववियु पदाधिकारी टुङ्गो लगाएर घोषणा गरायौं । यो हाम्रो गणतान्त्रिक स्ववियु निर्माणको अनौठो तरिका थियो । क्याम्पसमा स्ववियुको भव्य घोषणासभा सम्पन्न भए । यसले स्ववियु सम्पुर्ण रुपले गणतन्त्रको एजेन्डा र योजनामा आईपुग्यो ।
दाङको ग्रामीण क्षेत्रलाई आधार बनाएर जनआन्दोलन र जनयुद्धलाई जोडेर उत्कर्षमा पुर्याउने योजना तथा गतिविधि अघि बढे । त्यतिबेला केन्द्रीय आधार इलाकाको इन्चार्ज क.विप्लब हुनुहुन्थ्यो भने पाँचौ डिभिजन कमिश्नार क.सुर्दशन हुनुहुन्थ्यो । क.विप्लबको संयोजनामा दाङको सैघा लगायतका ग्रामिण क्षेत्रमा राजनैतिक दल तथा नागरिक समाजका अगुवाहरुसँगको छलफल अघि बढ्यो । जनआन्दोलनको करिब एक महिना पहिले साविक नेकपा(एमाले)का राप्ती अञ्चल इन्चार्ज क. प्रकाश ज्वाला(उहाँ हाल नेकपाको कर्णाली प्रदेश सहइन्चार्ज र प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री हुनुहुन्छ)सँग क. विप्लब, म र दाङ जिल्ला सेक्रेटरी क. डायमण्ड बसेर छलफल गर्यौं । योजना निमार्णको अबधिमा हामीलाई पार्टी कमाण्डको तर्फबाट क.देब गुरुङले मार्गनिर्देशन गरेर गण्डक हिड्नु भएको थियो । यो अवधिमा राप्तीका धेरै वुद्धिजीवि, नागरिक समाजका प्रतिनिधि,पत्रकार, मानवअधिकारवादी, विभिन्न पेशागत तथा व्यवसायीक क्षेत्रका व्यक्तित्वहरुसँग घनिभुतरुपले छलफल, वहस र सहकार्य गर्ने मौका मिल्यो । पत्रकार नरेन्द्र केसीले पत्रकारिताको क्षेत्रलाई नजिक बनाईराख्न धेरै मद्दत गर्नुभयो । त्यतिबेला उहाँले प्रविधिको प्रयोगबारे मलाई सुझाउनु भयो । मेरो पहिलो इमेल आइडि खोलेर पासवर्ड बोकेर उरहरी पुग्नु भएको थियो । यहाँहरु सबैमा मेरो विशेष सम्झना तथा नमन ।
हामीले दाङको रामपुर, सिमलतारा क्षेत्रलाई आधार बनाएर आन्दोलनका गतिविधि घोराहीमा केन्द्रीत गर्यौं । शुरुमा रामपुर, गोग्ली, नारायणपुर जस्ता घोराही वरपर जनसभा र पिढिंसभा गर्दै हामी घोराही केन्द्रीत भयौं भने अरु दलका साथीहरु घोराही तुल्सिपुरमा जनपरिचालनको अभ्यास गरिरहनु भयो । 
बास्तवमा बैसाख १० को प्रर्दशनलाई माओवादीको तर्फबाट उत्कर्ष भनिएको थियो । पार्टीले केन्द्रीय आधार इलाकाका क्रान्तिकारी जनसमुदायलाई घाराहीमा केन्द्रीत गर्यो । आयोजकको व्यानर राख्न नागरिक समाज दाङलाई भनियो । बरिष्ठ पत्रकार तथा नागरिक समाज दाङका अगुवा नारायणप्रसाद शर्मा(गुरु)को अगुवाईमा सबै सामाजिक संघसंस्था, पत्रकार तथा मानवअधिकारवादी मित्रहरु जनताको अगुवाई गर्न तयार हुनुभयो । कार्यक्रमको अन्तिम तयारी पुरा भएको थियो र घोराहीको गन्तव्यको लागि जनताहरु टाढाबाट हिड्न शुरु गर्नुभएको थियो । बैसाख ८ गते ज्ञानेन्द्र शाहको शाही घोषणा आयो । उनी डराएका थिए तर अझै षडयन्त्रको पासोमा दलका नेताहरुलाई पार्न सकिन्छ कि भनेर अन्तिम कोशीस गरेका थिए । हामीलाई पनि नेताहरुले कतै घुँडा त टेक्दैनन भन्ने कहिँकतै आशंका थियो । आन्दोलनको राप र तापले नेतृत्वलाई अगाडि बढ्न प्रेरित गर्यो । सम्बोधन भ्रममात्र रहेको भन्दै आन्दोलन जारी राख्ने नेताहरुले घोषणा गरे । काठमाडौंको घटनाक्रम हामीले नजिकबाट नियालीरहेका थियौं । जनप्रर्दशनलाई अझ बढि प्रतिरोधात्मक बनाउने पार्टीको योजना बन्यो र हामी पुरै शक्तिका साथ तयारीमा लाग्यौं । साँच्चै कार्यक्रमले ऐतिहासिक मोड लियो र लाखौं जनसमुदाय उक्त कार्यक्रममा सक्रियतापुर्वक सहभागी भए । राप्तीमा क्रियाशिल विभिन्न संघसंस्था र नागरिक समाज आयोजक बनेको उक्त कार्यक्रममा म छद्मभेषि माओवादी बक्ता थिएँ । विगत, वर्तमान र भविष्यमा पनि सायदै त्यस्तो भाषण आउदैन होला । जनता र जनताको उत्साहले दिएको त्यो शक्ति कसरी प्राप्त हुँदोरहेछ, अहिले पनि दङ्ग पर्छु ।
तपाईहरु सबै कमरेडहरु र मित्रहरुलाई सम्झेको छु । मलाई अनुभुति भईरहेको छ, अहिले ट्राफिक चोकको त्यो विशाल जनसागरको बिचमा रहेको मञ्चमा उभिएको छु । तपाई कमरेडहरु शरिरको कपडा उचालेर, मान्छेले मान्छेलाई आकाशमा उचाल्दै, सिटि बजाउँदै हुटिङ गरिरहनु भएको छ । मैले भिडमा तपाईहरुका अनुहार तिब्रवेगमा पढिरहेको छु । मलाई झन झन जोश बढिरहेको छ । जनमुक्ति सेना नेपाल जिन्दावाद भन्दैछु । नेताहरुलाई भनिरहेछु, जनतालाई धोका दिन पाईदैन । अहो अहिले जस्तै, अझैं भाषण जारी छ झैं लागिरहेछ ।
कार्यक्रम सकेर कामरेडहरु जिल्ला फर्किदै गर्दा भोलीपल्ट ११ गते ज्ञानेन्द्र शाह गलेको, थाकेको, हारेको दिन थियो र महान नेपाली जनताले जितेको दिन थियो । ज्ञानेन्द्र शाहले बैसाख ११ गतेको सम्बोधनमार्फत जनताको नासो जनतालाई सुम्पीएको घोषणा गरे र नारायणहिटी छोडेर नार्गाजुनतिर बाटो तताए । नेपाली जनताले बैसाख ११ मा सामन्ती राजतन्त्रमाथिको विजयोत्सव मनाए । नेपाल सरकारले बैसाख ११ लाई लोकतन्त्र दिवसको रुपमा मनाउने निर्णय गर्यो ।
जनयुद्ध र जनआन्दोलनको योगफल बनेको नेपालको लोकतान्त्रिक आन्दोलन र त्यसको रापतापमा संविधानसभाबाट संविधान निमार्ण भएकोछ । संविधान कार्यान्वयनको प्रक्रियामा तीन तहका सरकार बनेका छन र नेकपालाई सबै तहमा दुईतिहाईको जनमत प्राप्त भएको छ ।  आज नेकपाका सामु सिंगो मुलुकको विकास र समृद्धिको ऐतिहासिक दायित्व छ । कोभिड १९ जस्तो विश्व महामारीका विरुद्धको लडाईमा नेपालको तर्फबाट सिँगो मानवजातीसँग हातेमालो गर्नुछ । मानवजाती र नेपालीजातीको हितको लागि मुलुकमा विनाकुनै आग्रह वृहत राष्ट्रिय एकता जरुरी भएको छ । तर हामी “जो अगुवा उही बाटो हगुवा” भनेजस्तो गरिरहेका छौं । हाम्रो कुनै पनि कर्म र मर्म लोकतन्त्रलाई समृद्ध बनाउने हुनुपर्दछ नकी कम्जार बनाउने । तसर्थ जनताको रगत पसिनाबाट आर्जित लोकतान्त्रिक मुल्य र मान्यतालाई कुनै पनि बहानामा कम्जोर नबनाउँ, कम्जोर बन्न नदिउँ, लोकतन्त्र दिवसको यहाँहरु सबैमा शुभकामना । आजको दिनको विशेष सम्झना । धन्यवाद ।
२०७७ बैसाख १० काठमाडौं ।
Thanks:Narendra Kc,Durgalal Kc and Dilli Malla

Friday, April 17, 2020

क्रान्तिकारी विद्यार्थी आन्दोलन र सेती महाकाली

२१औं शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलन !
शैक्षिक अधिकार र पूर्णप्रजातन्त्रको लागि रणनैतिक प्रत्याक्रमण !!

“मालेमावाद मानव जातिलाई नै मुक्त गर्ने एकमात्र वैज्ञानिक दर्शन हो र यसको ज्ञानविना जनताका सेवाका सबै कुराहरु खोक्रा बकवास मात्र हुन्छन् आम विद्यार्थीहरुमा यो वैज्ञानिक विचारधाराको अध्ययन, प्रचार र अनुशरणको तिर्खा जगाउनु आजको आवश्यकता हो ”
                                                – अध्यक्ष क. प्रचण्ड 
“प्रतिक्रियावादी राज्यसत्ताले अवलम्बन गरेको शिक्षानीति स्वभावैले सामन्त नोकरशाही र दलाल पुँजीपतिवर्गको स्वार्थ पुरा गर्न आवश्यक नोकर तयार पार्ने उद्देश्यमा आधारित रहेको छ । चरम व्यक्तिवादी, अराजकतावादी, पदलोलुप र दास मनोवृतिका विरुद्ध विद्रोह गरी प्रतिक्रियावादी वर्गको समग्र शिक्षा व्यवस्थालाई ध्वंश नगरी जनवादी शिक्षा व्यवस्थाको निर्माण सम्भव छैन । यतिबेला आम विद्यार्थीहरुमा यो चेतना पैदा गर्न अनिवार्य छ कि नेपाली जनताको इतिहासको निर्माण शोषक वर्गका स्कूल र कलेजबाट होइन अशिक्षित र अपहेलित भनिएका मजदूर र किसानको बन्दुकबाट भईरहेको छ ।”
                                                                                                                                    – अध्यक्ष क. प्रचण्ड
आदरणीय प्रमुख अतिथि, विशेष अतिथि, आमन्त्रित अतिथि कमरेडहरु तथा भेलामा सहभागि प्रतिनिधि विद्यार्थी साथीहरु,
नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको ५५ औ वर्ष, अनेरास्ववियू स्थापनाको ३९ औं वर्ष र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको ९ औ वर्ष पारी २१ औ्र शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वैचारिक र व्यवहारिक नेतृत्व गर्ने ऐतिहासिक र गौरवशाली जिम्मेवारी हाम्रो संगठन अनेरास्ववियू(क्रान्तिकारी)ले प्राप्त गरेको छ । देशको राजनैतिक शक्ति सन्तुलनको विशिष्ट स्थितिमा “शैक्षिक अधिकारका लागि नयाँ संविधान, आमुल परिवर्तनको पक्षमा १६औं राष्ट्रिय सम्मेलन” मुल नाराका साथ ऐतिहासिक १६औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको पनि करीब डेढ वर्ष बितिसकेको छ । विगत राष्ट्रिय सम्मेलन देखि यहाँसम्म आउँदा देशभित्र र देश बाहिरका वस्तुगत एवं आत्मगत स्थितिमा महत्वपूर्ण परिवर्तनहरु आएका छन् । २१औं शताब्दीका सर्वहारा क्रान्तिका सम्भावना र चूनौतिहरुका नयाँ नयाँ वैचारिक, राजनैतिक, फौजी र संगठनात्मक आयामहरुको उद्घाटन गर्दै महान नेपाली जनयुद्ध प्रतिक्रियावादी सत्ताका विरुद्ध “क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई नयाँ उचाईमा उठाउँदै रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरौं ” भन्ने उद्घोषका साथ जनयुद्ध नयाँ र अन्तिम चरणमा प्रवेश गरेको छ । विशिष्ट भू–राजनैतिक अवस्थितिको नेपालमा भइरहेको माक्र्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको वैज्ञानिक प्रयोग र विकास प्रक्रियाले वर्ग संघर्ष र विकासको द्वन्द्वात्मक नियम अनुसार नै विश्व साम्राज्यवाद र भारतीय विस्तारवाद समेतलाई गम्भिर चुनौति बन्न पुगेको छ । सामन्ती प्रतिगामी तत्वहरु वैदेशिक प्रतिक्रियावादीका सामु आत्मसमर्पण गर्दै राष्ट्रघात र जनहत्याका निकृष्ट अपराधलाई बढावा दिने दुश्स्वप्न देखिरहेका छन् । यो सन्दर्भमा परिवर्तनकावाहक, राष्ट्रियताका पहरेदार समाजको अग्रगामी र चेतनशील वर्ग युवा विद्यार्थीहरुको गौरवशाली र क्रान्तिकारी संगठन अखिल    (क्रान्तिकारी) नेपाली क्रान्तिको एक अभिन्न अंगको रुपमा उच्चतम बलिदानीको बीचबाट मालेमावाद र प्रचण्डपथको संवाहक शक्तिको रुपमा सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको अथक योद्धा बनेको छ । गत माघ देखि यता विकसित विचार र नेतृत्वलाई देशव्यापी रुपमा आम विद्यार्थी बीच पु¥याउन कमल पसिन्द्र संगठन विस्तार र सुदृढिकरण अभियान मार्फत विचार, संगठन, संघर्ष र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गर्दै आएको छ । 
देशको सूदूर पश्चिमी मोर्चा सेती–महाकालीमा क्षेत्रीय समन्वय समिति मार्फत १६औं राष्ट्रिय सम्मेलनले निर्दिष्ट कार्ययोजना र गत केन्द्रीय सचिवालयको वैठकका निर्णयहरुलाई सेती महाकालीको ठोस विशिष्टतामा पहिलो चरणमा “एकीकृत जनप्रतिरोध अभियान” मार्फत र दोश्रो चरणमा “सशस्त्र जनमार्चिङ्ग अभियान र एकीकृत नयाँ जनसैन्य अभियान” को पार्टी योजनालाई आम विद्यार्थी बीचमा “कमल पसिन्द्र संगठन विस्तार र सुदृढिकरण अभियान” कै नाममा लागु गरियो । विकसित विचारलाई लागु गर्ने क्रममा त्यसको वैज्ञानिकतालाई मात्र पुष्टि गरेन त्यसको थप संश्लेषणका लागि प्रशस्त खजानाहरु प्रदान ग¥यो । अभियानको क्रममा प्राप्त उपलब्धीहरुलाई सकारात्मक चुनौतीको रुपमा लिँदै वर्तमान सन्दर्भमा वैदेशिक हस्तक्षेप सामन्यतया साम्राज्यवाद र विशेषगरी भारतीय विस्तारवादका विरुद्धको संघर्ष र रणनैतिक प्रत्याक्रमणको चुनौतीपूर्ण अभिभारा सेती महाकाली क्षेत्रका विद्यार्थीहरुको अगाडि पनि नेपाली क्रान्ति र क्रान्तिकारी विद्यार्थी आन्दोलनले सुम्पेको अभिभारा हुन् । सर्वहारा वर्गको अग्रदस्ता ने.क.पा.(माओवादी) को नेतृत्वमा नेपाली जनयुद्धले रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरिसकेको स्थितिमा र भावी विकासका चुनौतीपूर्ण आवश्यकताले क्रान्तिकारी विद्यार्थी आन्दोलनमा समेत विचार, संगठन, संघर्ष र सँस्कृतिको समग्र क्षेत्रमा थप विकास स्पष्टता र रुपान्तरणको माग गरिरहेको छ । सोही वैचारिक स्पष्टता र रुपान्तरणको लागि आवश्यक अन्तरक्रिया ठोस कार्य योजना निर्माण र कार्यक्रम तर्जुमा गर्नका लागि “२१औं शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलन शैक्षिक अधिकार र पूर्ण प्रजातन्त्रकोलागि रणनैतिक प्रत्याक्रमण” भन्ने मुल नारा सहित यो भेलाको आयोजना गरिएको छ । 
हामीलाई आशा एवं विश्वास छ, भेलाले विश्व परिस्थिति र घरेलु परिस्थिति, विकसित विचार प्रचण्डपथ, विस्तारवादी हस्तक्षेप, रणनैतिक प्रत्याक्रमण, कार्यशैलीमा शुद्धीकरण र कार्यशैलीमा रुपान्तरणबारे ने.क.पा.(माओवादी) ले लिएको निर्णयहरुको सही बुझाई र स्पष्टता हासिल गर्नेछ । भेलाले रणनैतिक प्रत्याक्रमणको यस संवेदनशील र निर्णायक चरणमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको ठोस पहल कदमी र भुमिकाबारे आम विद्यार्थीहरुमा बैचारिक स्पष्टता कायम गर्नेछ । भेलाले वर्गीय, जातिय, लिङ्गीय, शैक्षिक तथा राष्ट्रियताका समस्याबारे स्पष्टता कायम गर्दै विचार संगठन संघर्ष र संस्कृतिक रुपान्तरणका क्षेत्रमा ठोस कार्ययोजना तर्जुमा गर्नेछ । भेलाले विगतमा सेती महाकाली क्षेत्रमा भए गरेका विद्यार्थी आन्दोलनको सिंहावलोकन गर्दैै उपलब्धी र सिमा समस्याको ठोस किटानी गर्नेछ ।
महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली !
“जब मानिसले निहित स्वार्थ र संकीर्णताका घेराहरु तोडेर धर्तिका विशाल, बहुसंख्यक जनताका मुक्ति र प्रगतिको लागि आफूलाई समर्पित गर्दै त्यो महान आदर्शका निम्ति बलिदान हुनुलाई जीवनको वास्तविक मुल्यबोध गर्दछ । तब दुनियाँका कुनै पनि तागतले उसलाई हराउन सक्दैन ।”
क. प्रचण्ड 
क्रान्तिकारी विद्यार्थी आन्दोलनको यो उचाई र गौरव प्राप्त गर्नका लागि “विद्रोह गर्नु अधिकार हो” भन्ने उन्मुक्तिको महान् वाणीलाई जीवन दर्शन बनाई वर्गयुद्धको अग्रिम मोर्चामा हामफाल्ने हाम्रो गौरवगाथा, आस्थाका धरोहर, मर्मस्थलका ढुकढुकी, जसले मानिसद्वारा मानिसमाथि हुने सबै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध सर्वहारा श्रमजीवि वर्गको आजादीको झन्डा उठाए, स्पार्टकसको दास विद्रोहदेखि पेरिशका कम्युनार्ड हुँदै बोल्सेभिक क्रान्तिको वीरताका गाथा तयार गर्दै, महान् सर्वहारा साँस्कृतिक क्रान्तिको झण्डा उठाउदै विश्व क्रान्तिको महान् यात्रामा रगत बगाउने सम्पूर्ण महान् मानवहरु, मालेमावाद र प्रचण्डपथको आलोकमा जनवादी शिक्षा र शिक्षा प्राप्तिको अभिष्टमा आन्दोलनको बलिवेदीमा प्राणोत्सर्ग गर्ने जनयुद्ध पूर्वका गंगालाल श्रेष्ठ, दशरथ चन्द, चिनिया काजी मित्रमणि आर्चाय, शिवप्रसाद पौडेल, प्रणेन्द्र तिमिल्सेना, सम्झना दहाल, अनिश शाक्य तथा जनयुद्ध पछिका हाम्रा अग्रज महान शहीदहरु डिल बहादूर रम्तेल, बेनोज अधिकारी, जनम बराल, रामबहादूर रायमाझी ऋषि घिमिरे, टिकाराम गौतम, गणेश ढकाल, शंकर बम, नारायण शर्मा, प्रतिकुमार मोक्तान, पसिन्द्र पटेल, कमल पौडेल, तिलक भण्डारी, लालबहादूर बोहरा, जयबहादूर चन्द, भक्ति सञ्ज्याल, धिरबहादूर बम, रतन चौधरी, गणेश चौधरी, गोविन्द भण्डारी, हरिणा भण्डारी लगायतका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरुले देखाएको बाटोमा दृढतापूर्वक अघि बढेर महान लक्ष्य हासिल गर्ने दृढ प्रतिज्ञा गर्दछौं । 
फाँसीवादी सत्ताको क्रुर कष्टडीमा बन्दी बनाईदा र वेपत्ता पारीदा पनि आफ्नो अवस्थाको चुली झुक्न नदिने सम्पूर्ण साथीहरुलाई सम्मानपूर्वक जुझारु अभिवादन टक्रयाउँछौं । हामी यस अवसरमा सामन्ती आततायी निरंकुश सत्ताद्वारा वेपत्ता पारीनु भएका पुर्वमहासचिव पूर्ण पौडेल, महासचिव हिमाल शर्मा, भू.पू.उपाध्यक्ष कृष्ण के.सी., के.स.स.हरु विपिन भण्डारी, नविन राई, दिल बहादूर राई, कृष्ण चौधरी, जानकी चौधरी, कमल पि.एम., कटक राई, देवहरी रिजाल, गोकुल निरौला, दिपेन्द्र पन्त, सिएन र्ढुगाना, अहेन्द्र विक्रम लिम्बु, काठमाडौं अध्यक्ष विना मगर, बझाङ्ग अध्यक्ष हंसराज खड्का, कञ्चनपुर अध्यक्ष बसन्त चौधरी, डोटीका विद्यार्थी नेता रमेश थापा लगायतका सम्पूर्ण साथीहरुलाई तत्काल सार्वजनिक गरी बिनासर्त रिहा गरियोस भन्ने माग पुनः दोहो¥याउँछौं ।

अन्तर्राष्ट्रिय परिस्थिति ः
चीनमा कमरेड माओत्सेतुङ्गको निधन पश्चात भएको पूँजीवादको पुनसर््थापना, सामाजिक साम्राज्यवादमा पतन भएको संशोधनवादी सोभियतसंघको विघटन र शीतयुद्धको अन्त पश्चात विश्वको एकमात्र अतिमहाशक्तिका रुपमा अमेरिकी साम्राज्यवादले उदण्डता मच्चाइरहेको छ । साम्राज्यवादी एकाधिकार “भूमण्डलीकरण” “उदारीकरण” र “नीजिकरण” का नाममा तेश्रो विश्वका उत्पीडित राष्ट्र एवं जनताका प्राकृतिक साधनश्रोत श्रम र बजारमाथि लुटपात गरिएको छ । जनताका जनवादी, समाजवादी एवं राष्ट्रिय मुक्ति आन्दोलनलाई “आतंकवाद” को संज्ञा दिँदै फाँसीवादी फौजी आक्रमण गरिरहेको छ । 
आजको विश्वको प्रमुख अन्तरविरोधको वस्तुगत अभिव्यक्तिको रुपमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादका विरुद्ध उत्पीडित राष्ट्र जनताको आक्रोश र प्रतिरोधको नयाँ लहरहरु जन्मिरहेका छन् । सेप्टेम्बर ११ पछि “आतंकवाद” विरुद्धको युद्धको नाममा अमेरिकी साम्राज्यवादले अफगानिस्तान र इराकमा गरेको साम्राज्यवादी हमलाका विरुद्ध विश्वभरको जनमत उर्लिरहेको छ “प्रजातन्त्र” र “मानवअधिकार” को ढोल बजाएर नथाक्ने आतंकवादको नाइके अमेरिका इराकी जनताको प्रतिरोधले पागल बनेको छ । अरबको तेल भण्डार कब्जागरी आफ्नो संकटग्रस्त अर्थतन्त्र टिकाउने साम्राज्यवादी योजना थप संकटमा परेको छ र इराक बुश मण्डली र उसका कुत्ताहरुको कव्रस्तान सावित भएको छ । अमेरिकी चुनाव मार्फत पुनः सत्तामा आउन सफल साम्राज्यवादको नाइके बुशले कट्टर दक्षिणपन्थी कोन्डालिजा राइसलाई विदेशमन्त्री नियुक्त गरेर आफ्नो नाङ्गो साम्राज्यवादी हस्तक्षेप अझ तीब्र बनाउने सम्भावना बढेको छ । यसरी अमेरिकी साम्राज्यवाद फौजी रुपमा हावी हुन खोजेता पनि राजनैतिक रुपमा एक्लिँदै र हार्दै गएको छ । आफ्नो बजार र प्रभाव क्षेत्रको पुनः विभाजनमा प्रकट हुने अन्तर साम्राज्यवादी अन्तरविरोध, अफगानिस्तान र इराकमा भएको अमेरिकी निकृष्ट आक्रमण र अन्य साम्राज्यवादी देश विशेषतः यूरोपेली देशहरुको आर्थिक स्वार्थ माथिको हस्तक्षेपले यो अन्तरविरोध पनि व्यक्त भइरहेको छ । भविष्यको सम्भावित प्रतिद्वन्दि चीनलाई घेराबन्दी गर्न अमेरिकी साम्राज्यवाद भारतीय घोडा चढेर नेपालको सामरीक भूमि कब्जा गरी फौजी अखडा खडा गर्ने रणनीति अन्र्तगत भारतीय विस्तारवादलाई अघि सारको छ । मध्यपूर्वमा प्यालेष्टाइनी जनताको राष्ट्रियताको आन्दोलन खतम गर्न उसको नोकर इजराइली फाँसीवाद अघि सारेको छ । पेरु, टर्की, फिलिपिनो लगायतका जनमुक्ति आन्दोलनलाई प्रत्यक्ष रुपमा दमन गर्न कठपुतली सत्तामार्फत अघि बढिरहेको छ । यसरी अमेरीकी साम्राज्यवाद विश्व जनमतकै निकृष्ट दुश्मन सावित भएको छ । अमेरिका भित्र बुश मण्डलीका विरुद्ध अमेरिकालाई विश्वबाटै एक्लो र असुरक्षित राष्ट्र बनाएको आक्रोशमा लाखौका जनप्रदर्शन भइरहेका छन् । आज एशिया, अफ्रिका र दक्षिण अमेरिकाका मात्र होइन युरोप र अमेरिकामा समेत जनआक्रोशको आगो दन्किरहेको छ। हामी गम्भीर हुने विषय यहाँ छ कि यो आक्रोश किन निर्णायक संघर्षमा परिणत हुन सकेन ? घनिभूत रुपमा विस्फोटक बन्दै गएका अन्तरविरोधहरु रहेको आजको साम्राज्यवाद र सर्वहारा मुक्तिका युगमा किन क्रान्तिको आँधि उठ्न सकेन ? यसको सटिक उत्तर ने.क.पा.(माओवादी) केन्द्रीय समितिको बैठकको दस्तावेजको सार खिच्दै पश्चिम केन्द्रीय कमाण्डको रिपोर्ट तथा कार्य योजनामा भनिएको छ “विचारधारात्मक तथा साँस्कृतिक रुपमा उत्तर आधुनिकतावादी विभ्रममा पैदा भएको, भूमण्डलीकरण, उदारीकरण र नीजिकरणको नाममा अमेरिकीकरण गर्ने एकाधिकार पूँजीवादको नयाँ रुप लिएर आएको र आतंकवाद विरोधी युद्धको नाममा फाँसीवादी सैन्य राजनीतिका रुपमा देखा परेको साम्राज्यवादी विश्व व्यवस्थाको विकल्पमा मालेमाका ३ संघटक अंगका रुपमा गुणात्मक विकासद्वारा वैचारिक हस्तक्षेप गर्दै प्रचण्डपथलाई नयाँ उचाईमा स्थापित गरी समाजवादी विश्व व्यवस्थाका लागि विश्वक्रान्तिको लहर श्रृष्टि गर्ने कुरामा के.स.को दस्तावेजले जोड दिएको छ ।”

नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलन र भारतीय विस्तारवाद विरुद्धको संघर्षबारे 
ने.क.पा.को स्थापना लगत्तै जन्मेको अ.ने.वि.फे.ले क्रान्तिकारी विद्यार्थी आन्दोलनको जग बसाल्यो । राणाशासन विरुद्ध आन्दोलनमा सहभागिता, दिल्ली सम्झौता विरोधी संघर्ष, भारतीय मिलिटरी मिसनको विरोध, न्यून बैतनिक कर्मचारीहरुको मागको समर्थन, विद्यार्थीको शैक्षिक अधिकारको साथै जनअधिकार र जनजीविकाका लागि संघर्षरत भई अ.ने.वि.फे.ले सामन्तवाद, साम्राज्यवाद र भारतीय विस्तारवाद विरोधी आन्दोलनको एक अङ्गको रुपमा आफूलाई स्थापित गर्यो । धोकापूर्ण त्रिपक्षीय दिल्ली सम्झौताको विरुद्धको आन्दोलन राष्ट्रियताको पहरेदारीकै आन्दोलनको एक अंग थियो । जसमा पहिलो पटक विद्यार्थी नेता चीनिया काजिको शहादत हुनपुग्यो । सन् १९५० को कोशी, गण्डकी लगायतका असमान सन्धी सम्झौता विरोधी आन्दोलन र २०२५ को भारतीय चेकपोष्ट र असमान सन्धी विरोधी आन्दोलन विस्तारवादी हस्तक्षेप विरुद्ध आन्दोलनका निरन्तर मोर्चाहरु हुन् । क्रान्तिकारी विद्यार्थी आन्दोलनको वैचारिक र कार्यक्रमिक नीति निर्माण गर्न सफल २०२६ को तेश्रो राष्ट्रिय सम्मेलनले सामन्तवाद, नोकरशाही पुँजीवाद, साम्राज्यवाद, सामाजिक साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध सघर्ष गर्ने दिशा निश्चित गरेकोछ । शैक्षिक सवालका साथै राष्ट्रियता जनतन्त्र र जनजीविकाको सवालमा आन्दोलनको उठान गर्ने नीति निर्माण गरेको छ । २०३५, ३६को विद्यार्थी आन्दोलन र राष्ट्रियता र प्रजातन्त्रको बारेमा यसले खडा गरेको बहस २०४५ चैत्र २० मा पारवहन सन्धीलाई निहु बनाई भारतले नेपालमाथि आर्थिक नाकाबन्दी ग¥यो । त्यसका विरुद्ध ४ अखिल संयुक्त भई संचालन गरेको आन्दोलनले पञ्चायत विरोधी आन्दोलनमै एक कोशे ढुंगा सावित गर्यो । आन्दोलनको निर्णायक मोडमा कांग्रेश, बाममोर्चा, दरबार तथा वैदेशिक प्रतिक्रियावाद मुलतः भारतीय विस्तारवादको मध्यस्ततामा धोकापूर्ण त्रिपक्षीय सम्झौता भयो । राष्ट्रियता र जनतन्त्रका निम्ति कैयौं शहीदहरुले बलिदानी दिइ भएको यस आन्दोलनमा शोषित पिडित जनसमुदायको भावनामाथि कुठाराघात गर्दै राजतन्त्रात्मक संसदीय व्यवस्थामा संझौता भयो । यो नेपाली जनता माथिको गद्दारी र धोका थियो । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ ले यस सभ्झौतालाई नेपाली जनतामाथिको धोका एवं गद्दारी भएको घोषणा गर्दै जनआन्दोलनलाई निरन्तरता दिने घोषणा ग¥यो । स्थापनाकाल देखि नै शिक्षा प्रणालीमा वैदेशिक हस्तक्षेप र सामन्तवादी स्वार्थका विरुद्ध लड्दै राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रका निम्ति संघर्षरत अखिल (क्रान्तिकारी) जनआन्दोलनमा पनि आफ्नो श्रेष्ठ भूमिका स्थापित ग¥यो । वि.सं. २०५० को बानेश्वर काण्डमा प्रदर्शित विस्तारवाद विरोधी विद्यार्थी विद्रोह, कालापानीमा भारतीय फौजको अतिक्रमण विरोधी आन्दोलन, कालापानी मार्च, महाकाली सन्धी विरोधी आन्दोलनमा विद्यार्थी सहभागिता तथा ५ अखिलको संयुक्त रुपमा ऋतिक रोषन काण्डको (२०५७ अशोज) समयमा भारतीय सरकारलाई विरोध पत्र दिने, मृतकका परिवारलाई क्षतिपूर्ति लगायतका माग राख्दै गरिएको उपत्यका बन्दसम्मको संघर्षले विस्तारवाद विरोधी र राष्ट्रियताको पहरेदारीमा युवा विद्यार्थीको बलिदानीपूर्वक संघर्षलाई पुष्टि गर्दछ । यसले जुनसुकै तह र तप्कामा भए पनि राष्ट्रियताका पक्षमा युवा विद्यार्थीको सक्रिय सहभागितालाई पुष्टि गर्दछ।  यसले जुनसुकै तह र तप्कामा भए पनि राष्ट्रियताका पक्षमा युवा विद्यार्थीको सक्रिय सहभागितालाई पुष्टि गर्दछ। भारतिय विस्तारवाद विरोधी संघर्षको विषयमा १६ औं राष्ट्रिय सम्मेलनको प्रतिबेदनमा भनिएको छ–“सयौं वर्षदेखि दक्षिण एसियामा नियन्त्रण गर्दै आएको भारतिय विस्तारवादी पञ्जाबाट हाम्रो मुलूक पनि अछुतो रहेको छैन । राजनैतिक, आर्थिक, साँस्कृतिक हरेक क्षेत्रमा आफ््नो प्रभुत्व जमाउँदै आएको भारतिय विस्तारवाद हाम्रो मुलूकको राष्ट्रिय सार्वभौम सत्ताको निम्ति बाधक तथा नेपाली जनवादी क्रान्तिको तगारोको रुपमा खडा भएको छ । यसका विरुद्ध सयौं वर्षदेखि नेपाली जनताले लड्दै आएको लडाइलाई नयाँ ढंगले संगठीत गर्दै र दक्षिण एसिया स्तरमा यसका विरुद्ध संयुक्त मोर्चा विकास गर्न आवश्यक भएको छ ।”
नेपाली जनक्रान्तिको विकास र नेपाली जनताको भारतिय विस्तारवाद विरुद्धको संघर्षबारे ने.क.पा.( माओवादी) को केन्द्रीय समितिको दस्ताबेजले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता र आर्थिक आत्मनिर्भरता एवं राजनीतिक र साँस्कृतिक स्वतन्त्रतामाथी भारतिय प्रतिक्रियावादी शासक वर्गको विस्तारवादी हस्तक्षेपको प्रकृया पुरानो सामन्ती सत्ताको राष्ट्रिय आत्मसम्पर्णवादी चरित्र एवं विस्तारवादी हस्तक्षेप र राष्ट्रिय आत्मसम्पर्णवादका विरुद्ध नेपाली जनताको लामो संघर्षको ऐतिहासिक विवेचना गरेको छ । आज नेपाली जनताको राष्ट्रियता, जनतन्त्र एवं जनजिवीकाका निम्ति ऐतिहासिक रुपले अगाडी बढीरहेको महान् जनयुद्धका विरुद्ध अमेरिकी साम्राज्यवादको दलाली र समर्थन गरेर भारतिय विस्तारवाद प्रत्यक्ष हस्तक्षेपमा उत्रदै गएको तथ्य स्पष्ट छ । मात्रिका यादव, शुरेस आलेमगरको गिरफ्तारी र सुर्पुदगी तथा क. गौरवको गिरफ्तारी र नेपालको सामन्ती दरवारीयाहरुसंगको मोलमोलाई र सौदावाजी गर्दै गरिएको माथिल्लो कर्णाली सम्झौता प्रत्यक्ष विस्तारवादी हस्तक्षेप र सामान्ती निरंकुशतावादीको राष्ट्रिय आत्मसम्पर्णवादको भद्धा नमुना हो । हालै पार्टी हेडक्वाटरलाई समेतलाई लक्षीत गर्दै स्थायी समितिका वरिष्ट सदस्य क. किरण र पटनामा ११ जना क्रान्तिकारी नेताहरुमाथि भारतका विभिन्न शहरहरुमा गरिएको हस्तक्षेप र गिरप्तारीले उक्त कुरालाई थप प्रमाणित गर्दछ । हिमालय पर्वत श्रृंखलालाई आफ््नो उत्तरी सिमाना मान्ने जहावारलालनेहरुको सिद्धान्तको अनुसरण गर्दै नेपालको भुटानीकरण वा सिक्किमीकरण गर्ने रणनीतिमा भारतिय विस्तारवाद अत्यन्तै कुटील र षड्यन्त्रमूलक ढंगले अगाडी बढिरहेको छ । नेपालमा हमेशा अस्थिरता, अराजकताको पक्षपोषण गर्ने भारतिय एकाधिकार पूंजिपति शाषकहरु अहिले कथित आतंकवादका विरुद्ध सहयोगका नाममा देशभक्त र स्वाभीमानी नेपालीको कत्लेआम गर्न र त्यसरी नेपाललाई आफ््नो कब्जामा पार्ने कुनियत सहीत खुलेआम फौजी हस्तक्षेपको धम्की दिइहरहेका छन् । नेपालमा शान्तीपूर्ण वार्तामार्फत अग्रगामी राजनैतिक निकासको प्रमुख बाधकका रुपमा भारतिय विस्तारवादी नै खडा भयो । नेपालमा पुरानो सत्ताको नाहकेहरु आज आफ््नो आयु लम्ब्याउने दिवा सपनामा साम्राज्यवाद मूलतः भारतिय विस्तारवादकै अगाडी घँुडा टेकेर नेपाल र नेपाली जनताको स्वतन्त्र अस्तित्व एवं स्वभीमान माथी खेलवाड गर्ने जघन्य अपराध गरिरहेका छन् । उपरोक्त सार सहितको विश्लेषण गर्दै दस्ताबेजले पुरानो सत्ताको राष्ट्रिय आत्मसमपर्णवाद र भारतिय विस्तारवादी हस्तक्षेप एवं सन्नीकट फौजी हमलाको खतराका विरुद्ध एकजुट हुन सम्पूर्ण स्वाभीमानी र देशभक्त नेपालीहरुलाई आव्हान गरेको छ । दस्ताबेजले पार्टीको नयाँ योजनामा वैचारिक, राजनैतिक र फौजी हरेक दृष्टिले राष्ट्रिय आत्मसम्पर्णवाद र विस्तारवादी हस्तक्षेपका विरुद्ध केन्द्रीत हुन जोड दिएको छ । सिंगो देशलाई युद्धमोर्चामा परिणत गरेर आम जनतालाई फौजीकरण गरेर तथा जनयुद्धको रणनीतिलाई नयाँ उचाइमा उठाएर कुनैपनि साम्राज्यवाद वा विस्तारवाद सैन्य हस्तक्षेपका विरुद्ध नेपाल र नेपाली जनताको स्वतन्त्रतताको रक्षा गरिने, रक्षा गर्न सकिने दृढ विश्वास पनि दस्तावेजले व्यक्त गरेको छ  । साथै दस्तावेजले उक्त लडाइमा आम देशभक्त नेपाली (पुरानो सत्ताका शाही सेनाका जवान पनि ) को मात्र होइन न्यायप्रेमी भारतिय जनसमुदाय र विश्वभरिकै जनसमुदायको समेत सहयोग र समर्थन लिने विश्वास लिएको छ । 
उपरोक्त विषयहरुको अध्ययनबाट हामी के निस्कर्षमा पुग्छौ भने नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास राष्ट्रियताको पहरेदारको लागि बलिदान गर्ने देशभक्त पूर्ण आन्दोलनको एक महत्वपूर्ण अंग बनेको छ भने बर्तमानको पुरानो सत्ताको राष्ट्रिय आत्मसम्पर्णवाद र भारतिय विस्तारवादी हस्तक्षेप, रणनैतिक प्रत्याक्रमणको घोषणा पछि भारतिय विदेशमन्त्रीको नेपाल भ्रमण, सैन्य आक्रमणको धम्की, हेलिकप्टर लगायतको सहयोग, विगतदेखि ४६ स्थानभन्दा बढी स्थानमा गरिएको विस्तारवादी आक्रमण आदीको स्थितिमा नेपाली विद्यार्थीहरुको कार्यभार अध्ययन गर्नुमात्र नभै राष्ट्रिय अस्तित्वको लागि टाउकोमा कफन बाँधेर विस्तारवादी हस्तक्षेप, राष्ट्रिय आत्मसम्पर्णवादी पुरानो सत्ताका विरुद्ध प्रत्याक्रमणको मोर्चामा सम्पूर्ण शिक्षालयलाई बदल्न जरुरी हुन जान्छ । राष्ट्रियताका पहरेदार हामी सम्पूर्ण नेपाली विद्यार्थी सामु इतिहासको यो संवेदनशील घडीमा आन्दोलनले सुम्पेको ऐतिहासिक जिम्मा हो । 
सेती–महाकालीको सन्दर्भमा राष्ट्रिय आत्मसम्पर्णवाद र विस्तारवादी हस्तक्षेपका विरुद्धको संघर्षमा भिमदत्त पन्तले चलाएको संघर्ष नेपाली जनताको मुक्ति आन्दोलको ऐतिहासिक अंग बनेको छ । जसलाई विस्तारवादी सैन्य हस्तक्षेपद्धारा दमन गरियो । आजको यो संवेदनशील घडीमा भारतको भौगोलिक घेरामा रहेको यस क्षेत्रमा विस्तारवादी घुसपैठ र षड्यन्त्रप्रति सर्तक बन्दै प्रत्यक्ष रुपमा कालापानी, पञ्चेश्वर, पूर्णागिरी, महाकाली लगायतका थुप्रै स्थानमा गरिएको विस्तारवादी हस्तक्षेप, भारतिय सेनाद्धारा पटक–पटक महेन्द्रनगर, धनगढीमा हने खुल्ला प्रबेश र जनतामाथी हुने आतंक, खुल्ला बजार अर्थतन्त्रको पुरानो सत्ताको राष्ट्रिय आत्मसम्पर्णवादी नीति र जनतामाथी लादिएको भारतिय बजारको लुट र धरासयी राष्ट्रिय अर्थतन्त्र, शैक्षिक क्षेत्रमा भारतिय संस्कृतिको कुप्रभाव आदीका विरुद्ध संघर्षमा सम्पूर्ण सेमका युवा विद्यार्थी राष्ट्रियताका लागि गरिने लडाइमा नेपाली जनताको न्यायप्रेमी आन्दोलन(जनयुद्धको मोर्चामा) दृढतापूर्वक उभीनु प्राथमिक दायीत्व बन्नेछ । आउनुहोस् युवा विद्यार्थी साथीहरु वैदेशिक हस्तक्षेप विरुद्धको जनयुद्धको झण्डालाई दह्रोसंग समातौं र भारतीय विस्तारवादको राजनैतिक, आर्थिक, साँस्कृतिक र शैक्षिक प्रतिष्ठान उपर धावा बोलौं ।

राष्ट्रिय राजनैतिक परिस्थितिः
आज देशमा पुरानो सत्ताको अस्तित्व साम्राज्यवाद र विस्तारवादको आडमा शहर बजार, सदरमुकाम र ब्यारेकमा समेत रक्षात्मक बन्न बाध्य भएको छ । महान् जनयुद्धको बढ्दो प्रत्याआक्रमणले पराजित हुदै गएको सामन्ती अधिनायकवाद ऐतिहासिक रुपले अपरिहार्य बनिसकेको राज्यसत्ताको पुर्नसंरचना र अग्रगामी राजनैतिक निकासतिर होइन साम्राज्यवाद विशेषतः भारतिय विस्तारवादकै आडमा अस्तित्वको अन्तिम घडीसम्म सामन्ती निरंकुशता लादन उद्दत देखिन्छ । २१ औं शताब्दीको बर्तमान युगमा पनि देशलाई कथित हिन्दु अधिराज्य र आफूलाई विष्णुको अवतार मान्ने निरंकुश ज्ञानेन्द्र राजपरिषद सम्मेलनको नामबाट देशब्यापी मध्ययुगिन बर्वता लादने दिवा सपना देखिरहेको छ । देश र जनताको राष्ट्रिय ढुकुटीमा चुम्हलुट मच्चाउँदै देशलाई वैदेशिक सैन्य हस्तक्षेपको अखडा बनाउने एकसुत्रिय योजनामा राष्ट्रिय आत्मसम्पर्णवादीहरु उद्दत छन । अर्थतन्त्रको सम्पूर्ण बागडोर विदेशी दलाल पूंजिपतिलाई सुम्पेर वेरोजगार नेपाली युवाहरुलाई विदेश लखेट्ने र संसारभर छरेर उनिहरुको बेहाल पार्ने कसरत नै पुरानो सत्ताको दैनिकी बनेको छ । यसको ज्वलन्त उदाहरण ः हेटौडा चिनी कारखाना, विदेशीको पोल्टामा, नेपाल राष्ट्र बैंक, विश्व बैंकको पोल्टामा सुम्पिनु, नेपाली कामदारको सस्तोश्रम विदेशी गल्लीका श्रम बजारमा विक्रि गर्नु त्यति मात्रै होइन इराक पठाएका १३ नेपाली आतंकवादीद्धारा मारिएको घटना विशेष स्मरणीय छ । खाडीमा मारिएका बेरोजगार नेपालीको विषयलाई लिएर काठमाण्डौमा गरिएको जनप्रदर्शन देखि डराएका शासकहरुले फुटाउ र शासन गरको नीति अनुसार कथित विश्व हिन्दु परिषद नामको आतंककारी जत्था परिचालन गरि धार्मीक विद्धेस फैलाई आन्दोलनलाई भाड्ने काम गरे । शैक्षिक क्षेत्र बैदेशिक दलाल कम्पनी र भ्रष्टहरुको आवाज बनेको छ, शैक्षिक बजेट हतियार किन्न, गोला बारुद खरिद गर्न प्रयोग गरिएको छ भने शिक्षण संस्थामाथि शाही सेनाको परेड खेल्ने थलो बनेको छ । देश र जनताको राष्ट्रियता, जनतन्त्र र जनजिविकाको ग्यारेण्टीको झण्डा बनेको विजयोन्मुख जनयुद्धलाई परास्त गर्न यी राष्ट्रघाती, आत्मसम्पर्णवादीका फासिष्ट क्रियाकलापले देशलाई भयाबह स्थितिमा पु¥याएको छ । 
राजनैतिक रुपले संविधानसभा मार्फत गणतन्त्रको संस्थागत विकास गर्ने नेपाली जनताको जनतान्त्रीक आकांक्षाका विरुद्ध प्रतिगामी सामन्ती तत्वहरु मार्फत वैदेशिक प्रतिक्रियावादीहरुले नयाँ–नयाँ षड्यन्त्र र हस्तक्षेप गरिरहेका छन् । सामन्ती प्रतिगमनका विरुद्ध आन्दोलनरत राजनैतिक दलहरुलाई फुटाउने र सामन्ती दरबारसामु आत्मसम्पर्ण गराउने काम बैदेशिक प्रतिक्रियावादीहरुले गरिरहेका छन् । आफ््नो राजनैतिक पतनको पराकाष्टाको रुपमा देश र जनताप्रति विश्वासघात गर्दै एमाले लगायतका दलहरु प्रतिक्रियावादी षड्यन्त्रमा सामेल भएका छन् । नेकाँ लगायतका कतिपय शक्तिहरु संसद पुर्नस्थापनाको अमुर्त नारा लगाउँदै भयानक अर्कमाण्यताको शिकार भएका छन् । अखिल र नेविसंघले लगाएको गणतन्त्रको नाराबाट आतंकीत देशी विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रमा तीनका मातृ पार्टीहरुले युवाहरुको युगिन चेतनामाथी जर्वजस्त विर्को लगाउने कुचेष्टा स्वरुप नेतृत्व परिवर्तन गरि आन्दोलनमाथि चिसो पानी खन्याएका छन् । यसरी संसदीय दलहरु आफ्नै पंक्तिभित्रका असली देशभक्त र प्रजातन्त्रवादीहरुमाथि नकारात्मक रुपमा प्रस्तुत भएका छन् । संसदवादीहरुको यो राजनैतिक पतन अर्कमण्यता, दलाली र निरिहतालाई राम्रोसंग बुझेका सामन्ती प्रतिगामी, साम्राज्यवाद शक्ति विशेषतः भारतिय विस्तारवादले विरालोले मुसो खेलाए झैं खेलाइरहेको छ । नेकपा मसाल र उसको जनमोर्चा समेत ज्ञानेन्द्रकै राजनैतिक मंच जस्तो गरि जनताको न्यायपूर्ण आन्दोलनका विरुद्ध विष बमन गरिरहेको छ । 
अहिले देशमा जनयुद्धका विरुद्ध असक्षम ठानिएका देउबाको नेतृत्वमा तथाकथित सक्षम सरकार को गठन भएको छ । त्यसका मन्त्रिहरुले पूङ्ग न पुच्छरका शान्तिवार्ताका राग अलापिरहेका छन् । बाहिर शान्तिको ढवाङ फुकेर प्रजातान्त्रीक देखिने र भित्रि रुपमा ठूला–ठूला जनसंहार गर्दै विदेशी सेनालाई भित्रयाउने सामन्ती हत्याराहरुको षड्यन्त्रलाई चकनाचुर पार्दै अघि बढ्नु मुक्तिकामीहरुको दायित्व हो । देशको ९० प्रतिशत भु–भागलाई आफ्नो नियन्तणमा लिइसकेको माओवादी जनयुद्ध नयाँ वैकल्पिक सत्ताको रुपमा खडा भएको छ । जनताको मुक्ति आन्दोलनको नेता पार्टी ने.क.पा. (माओवादी) का अध्यक्ष क. प्रचण्ड भन्नुहुन्छ –“ अवको वार्ता पुरानो सत्ताका तुच्छ नोकरहरु संग होइन तिनका मालिकहरुसंग र ति कथित मालीकहरुसंग पनि सम्पूर्ण अधिकार जनतालाई बुझाउ भन्नका लागि मात्र हुनसक्छ ।” उपरोक्त विश्लेषण सहित ने.क.पा.(माओवादी) निकासबिहिन वार्ता होइन जनतालाई पूर्ण अधिकारसम्पन्न बनाउन बैदेशिक प्रतिक्रियावादद्धारा संरक्षित घरेलु सामन्तवादका विरुद्ध रणनैतिक प्रत्याक्रमणको निर्णायक युद्धमा हाम फालिरहेको छ । रणनैतिक प्रत्याक्रमणको घोषणा पछि यहाँसम्म आउँदा देशका विभिन्न मोर्चामा दुश्मनको ठूलो फौजी शक्ति परास्त भएको छ । रेन्जर फोर्स भनिएको कथित विशिष्ट दर्जाको लडाकु फोर्स क्षतविक्षत बनेको छ । विशेष लडाकु भनिएका हेलीकप्टर नकाम सिद्द भएका छन् । जनताले प्रतिरोध युद्धको घोषणा संगै गाउँका गाउँ ब्यारेकमा बदल्दै टनेल, बंकर खन्दै प्रत्याक्रमणको मोर्चामा दुस्मनलाई पराजित गरेका छन् । राजनैतिक रुपमा विश्व जनमतका अगाडी नाङ्गिएको बुस मण्डलीले उसकै हात भित्र रहेका अन्य शक्तिहरुलाई हाम्रा विरुद्ध खुलेआम धम्की दिन अघि सारेको छ । भर्खरै र को प्रतिनिधिको नेपाल भ्रमण र एकलकाँटे, मनोगढन्ते, पुर्वाग्रही र गैरजिम्मेवार अभिब्याक्ति पनि राजनैतिक पराजयकै पराकाष्ठा हुन् ।

सेती–महाकालीमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्टभूमी ः

“नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास प्रक्रियाबारे हामीले निरन्तर समिक्षा, बहस र मूल्यांकन गर्दै आएका छौं । इतिहासलाई तिथि मिति र घटनाको थुप्रोको रुपमा होइन, विचार र राजनैतिक कार्यदिशाको आधारमा मुल्या्रकन गरिनु पर्दछ । व्यवहारमा प्राप्त नयाँ चेतना र आवश्यकताको धरातलबाट गरिने बिगतको मूल्याँकनको उद्देश्य, क्रान्तिकारी ध्रुबिकरणलाई जोड दिदै विजयलाई सुनिश्चित गर्नु नै हो । २१ औं शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलनको शैक्षिक र राजनैतिक भूमिकालाई नयाँ स्तरमा उठाउनु नै इतिहास मूल्यांकनको मर्म रहेको स्वतः स्पष्ट छ । क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास प्रक्रियाबारे चर्चा गर्दा नेपाल कम्युनिष्ट पार्टीका आरोह अवरोहबाट पृथक गरेर हेर्नु सर्वथा अवैज्ञानिक ठहरिने छ ।” 
– १६ औं राष्ट्रिय सम्मेलनबाट पारित प्रतिबेदनबाट 
माथिको अनुच्छेदलाई आत्मसाथ गर्दै सेती महाकालीको क्रान्तिकारी आन्दोलनको छोटो र मोटामोटी ऐतिहासिक पृष्टभूमिको चर्चा गर्दा नेपाली कम्युनिष्ट आन्दोलनको विकास प्रक्रियामा सेती–महाकाली क्षेत्रको आन्दोलनको अवस्था र यसको आरोह अवरोहको चर्चा स्वाभाविक रुपमा महत्वपूर्ण हुन जानेछ । यद्यपी यसलाई विद्यार्थी आन्दोलनकै क्षेत्रबाट चर्चा गरिने छ । 
कर्णाली नदी देखि पश्चिममा अवस्थित सुदुर पश्चिम नेपाल, जसलाई सेती–महाकाली भनिन्छ । केन्द्रीय सामन्ती सत्ताको आक्रमण पूर्व यो विशाल डोटेली साम्राज्यको रुपमा रहेको थियो । अहिले आएर दोधारा चाँदनी सहित महाकाली नदीको सिमारेखाले पश्चिममा भारतसंग अलग्गिएकोछ भने उत्तरका अपी–शैपाल हिमश्रृङ्खला चिनसंगका सिमास्तम्भ बनेर खडा भएका छन् । देशकै लागि कालापानीको दुखिरहेको घाउ बोकेको यो क्षेत्रमा दक्षिण तराइका समतल फाँटमा समेत सीमाक्षेत्रका जंगे पिलर विस्तारवादी डकैतिका कारण दिनरात खुम्चिदै भित्र पस्न बाध्य छन् । यही भौगोलिक धरातलभित्रको सेती–महाकाली क्षेत्रमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) सामान्यतः ०३५÷३६को विद्यार्थी आन्दोलन पश्चात् संगठीत रुप धारण गरेपनि विशेषगरि जनयुद्धको शुरुवात पश्चात् नै घनिभूत रुपमा आन्दोलनका गतिबिधि सञ्चालन गर्दै आएको छ । वि.सं. २०५८ सालयता आएर क्षेत्रीय समन्वय समितिको नामबाट आन्दोलको कमाण्ड संयोजन गर्दैै क्षेत्रभर क्रियाशील रहेको छ । ०५९ श्रावणदेखि कालीकोट, अछाम आदी जिल्लालाई आधार बनाई आधार इलाका विस्तार गर्ने योजना मुताविक अघि बढयो । हाल आएर आन्दोलको गुणात्मक विकास र यसको भू–सामरिक महत्वका दृष्टिले कैलालीको पहाडी भूगोल र सुर्खेतका २ ओटा गाजस सहितको छुट्टै जिल्ला समिति सहित ११ ओटा जिल्ला समितिहरु सेती–महाकाली क्षेत्रमा क्रियाशील छन् । जसमध्ये पुरानो सत्ताको बर्दिंया जिल्लामा पर्ने ११ ओटा गाजसको भमरा टापु माओवादी आन्दोलनको राजनैतिक विकासको कोणबाट कैलाली जिल्लामा समावेश गरिएका छन । यही राजनैतिक भूगोल भित्रको विद्यार्थी आन्दोलको इतिहास र राष्ट्रिय महत्वका आन्दोलनहरुमा यसको भूमिका बारे चर्चा गर्दा जहाँनिया राणाकालदेखि बहुदलकाल, पञ्चायतकाल, बहुदलको पुर्नस्थपनाकाल र आमूल परिर्वतनको लागि शुरु भएको जनयुद्ध र यसले प्राप्त गरेको उचाई सामन्ती निरंकुशतावादका विरुद्धको रणनैतिक प्रत्याक्रमणको स्थितिमा आउँदा यसलाई ४ भागमा बाँडेर अध्ययन गर्न सकिन्छ ।

१) राणाकालदेखि ०३५÷०३६ को विद्यार्थी आन्दोलनसम्म 
२) ०३५÷०३६ को विद्यार्थी आन्दोलनदेखि ०४६ को जनआन्दोलनसम्म 
३) जनआन्दोलनदेखि ०५२ जनयुद्धको शुरुवातसम्म 
४) जनयुद्धको शुरुवातदेखि हालसम्म 
(१) राणाकालदेखि ०३५÷०३६ को विद्यार्थी आन्दोलनसम्मः पुरानो सामन्ती सत्ताको सौतेलो व्यवहार र उत्पीडनमा परेको सेती–महाकाली क्षेत्रका सामन्त, जमिन्दार र शाषकवर्गबाहेक आम जनता भावनात्मक रुपले केन्द्रीय राज्यसत्तासंग एकाकार हुन सकेनन् । त्यो जहिले पनि अभिजात बर्गका शासकहरुका विरुद्धमा रह्यो तर त्यसले नेतृत्वको अभावमा सही रुपमा संगठित हुन पाएन र परिणाममुखी संघर्ष पनि भएनन । राणाशासनका विरुद्ध पनि समय समयमा यस क्षेत्रका जनताले विविध रुपमा संघर्ष गरेका थिए । निरंकुश राणाशासन विरुद्ध वैचारिक र सांगठानिक रुपमा संघर्षको शुरुवात महान् शहीद दशरथ चन्द्र ठाकुर बाट भएको देखिन्छ । त्यसबेला सेती महाकाली क्षेत्रका मध्यम वर्गीय परिवारका छोरा–छोरी भारतमा पढ्न जाने, कुमाउ गढवालमा समाजिक, साँस्कृतिक सम्बन्ध हुने कारण भारतमा हुने गतिविधिको प्रभाव यस क्षेत्रमा परेको देखिन्छ । दशरथचन्द्र अलमोडाको शिक्षा आर्जनपछि उच्च शिक्षाका लागि बनारस जानुभयो । भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी चन्द्रसेखर आजाद, भगतसिंहको राजनैतिक विचारधाराबाट प्रभावित दशरथचन्द्र लेनिनको नेतृत्वमा सोभियत रुसको समाजवादी क्रान्तिबाट बढी नै प्रभावित भई नेपालमा सोही अनुसार अघि बढ्ने आशयका साथ पश्चिम बंगालका दिपायन घोषसंगको भेटपछि निरंकुश राणाशासनका विरुद्ध काठमाण्डौं गएर संघर्षलाई संगठित गर्ने प्रक्रियाको थालनी गर्नु भएको बुझिन्छ । तर, त्यो बिचमा कुरा खुल्न गई दशरथचन्द्र पक्राउ पर्नु भयो र राणाशाही सत्ताले उहाँलाई फाँसी दियो । उहाँको सहादत्त पछि यर्थाथता बाहीर नआउनु र उहाँका सहकर्मीले उहाँको राजनैतिक विचारलाई आफ््नो अनुकूलतामा बर्जुवा प्रजातन्त्रवादीको रुपमा ब्याख्या गर्नुले उहाँको बारेमा भ्रम पैदा हुन गयो । सेमका पहिलो कम्युनिष्ट दशरथचन्द्र हुनुहन्थ्यो भन्ने यस क्षेत्रका कम्युनिष्ट आन्दोलनका हालका अग्रणीहरुको दाबी छ । भारतको सोही आन्दोलनबाट प्रभावित हुने अर्को विद्यार्थी हुनुहुन्थ्यो, भीमदत्त पन्त । जसले सामन्तवाद र साम्राज्यवादका विरुद्धको सशस्त्र संघर्ष कैलाली कञ्चनपुरको ऐतिहासिक भुमिबाट शुरु गर्नुभयो । नेपालका सामन्त जमिन्दारवर्गको सत्ताको बलबुत्ताले नसकेपछि हजारौंको भारतीय फौजको हस्तक्षेपबाट उक्त आन्दोलनलाई दबाइयो र भीमदत्त पन्तको हत्या गरियो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व संसोधनवादीहरुको कब्जामा रहेको र उहाँको शहादत्तपछि उत्तराधिकारीको अभावमा सेमको कम्युनिष्ट आन्दोलन र युवा विद्यार्थी आन्दोलन पनि लामो समयसम्म पछि पर्न गयो । वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रको सैन्य कुद्वारा यस क्षेत्रमा केही युवा विद्यार्थीहरु कम्युनिष्ट भएको आरोपमा बन्दी बनाइएको बुझिन्छ । वि.सं. २०२८ सालको झापा आन्दोलनको बेलासम्म काठमाण्डौमा पढ्न जाने विद्यार्थीहरुमा वाम विचारको प्रभाव परेको देख्न्छि । अधिकांशमा भने नेविसंघको प्रभाव थियो । यो हुनुको कारण सेममा पारिएको कम्युनिष्ट विरोधी छाप र तात्कालीन नेतृत्वले यस क्षेत्रमा पहलकदमी लिन नसक्नु नै थियो । वि.सं. २०२८ देखि ०३५ को अबधिमा नेकपाका विभिन्न गुट, डि.वि. सिंहको रातो झण्डा, चौम, माक्र्सवादी, माले आदी यस क्षेत्रमा सक्रिय देखिन्छन । तर नेतृत्वपंक्ति आन्दोलनको विस्तार र संगठन निर्माण भन्दा गुटगत स्वार्थकै घेरामा अल्मलिन पुगे । 
कालीकोट केन्द्रीय सामन्तीसत्ता र स्थानिय सामन्त तथा भुरे टाकुरे शाषकद्वारा दोहोरो उत्पीडन र चपेटामा परेको कर्णाली अञ्चलको सबैभन्दा पिछडिएको कान्छो जिल्ला हो । यो जिल्ला जुम्लाको तिकिकोटबाट छुट्टिएर ०३४ सालमा स्थापना भएको देखिन्छ । यहाँको शैक्षिक स्थिति पनि अत्यन्तै पिछडिएको अवस्थामा छ । केही मध्यम वर्गीय परिवारबाट जिल्ला बाहीर अध्ययन गर्न गएका विद्यार्थीहरु नै पञ्चायती कालरात्री विरुद्ध जुर्मुराएको पाइन्छ ।

(२) २०३५÷०३६ को विद्यार्थी आन्दोलनदेखि २०४६ को जन आन्दोलनसम्मः २०३५÷०३६ को विद्यार्थी आन्दोलनले नेपालको विद्यार्थी आन्दोलनमा विशिष्टि महत्व राख्दछ । यो आन्दोलन निरंकुश पञ्चायती ब्यवस्था विरुद्ध लक्षित भयो । यसले निर्विकल्प भनिएको पञ्चायति व्यावस्थाका विकल्पमा सुधारीएका पञ्चायत वा बहुदल भनि जनमत संग्रहको घोषणा गर्न सामन्ती राजालाई बाध्य बनायो । यस आन्दोलनले देशव्यापी रुपमा व्यापक राजनैतिक जागरण पैदा गर्यो । विद्यार्थीका शैक्षिक माग पुरा गर्नुका साथै स्ववियुको पुर्नस्थपना गर्न र पञ्चायतको भातृ संस्था राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विघटन गर्न सरकारलाई बाध्य पा¥यो । उक्त आन्दोलनको नेतृत्व अखिले नै गरेको थियो । अ ने रा स्व वि यू आम विद्यार्थी तथा जनसमुदायको विचमा अत्यन्तै लोकप्रिय बन्न पुग्यो । आन्दोलनद्धारा प्राप्त खुल्ला परिबेशमा संगठनले राष्ट्रिय सम्मेलनको आयोजना गर्यो । देशब्यापी संगठन निर्माण र विस्तारका काम तिब्र रुपमा भए । त्यतीबेला संगठनमा पाँचौ र छैटौ भन्ने विवादले उग्ररुप लियो । आफुलाई खुश्चोबी संसोधनवादको पक्षमा उभ्याएको अखिलको नेतृत्वले प्राविधिक तर्क अगाडी सार्दै संगठनमा विभाजन ल्याए र आफुलाई अखिल(पाँचौं) को नाम दिए । क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्नेहरुले राष्ट्रिय सम्मेलन गरि अ ने रा स्व वि यू (छैटौ) को रुपमा आफुलाई उभ्याए । 
यसै क्रममा विभिन्न कलेजहरुमा अध्ययनरत युवा विद्यार्थीहरुको सक्रियतामा सेती महाकालीमा विशेषगरि कैलालीमा प्रथम जिल्ला सम्मेलन सम्पन्न गरि लेखराज भट्टलाई अध्यक्ष निर्वाचित ग¥यो । यो नै सेम क्षेत्रको पहिलो ऐतिहासिक संगठनात्मक रुपमा आन्दोलनको उठान थियो । ०३६ चैत्रमा कालीकोटमा पनि नेत्रराज शाहीको अध्यक्षतामा अखिल (छैटौ) को प्रारम्भिक विद्यार्थी संगठन बन्यो । सेममा विद्यार्थी आन्दोलनको मुख्य थलो कैलाली कञ्चनपुर नै बन्यो । वामपन्थी विचार भएका विद्यार्थीहरुले काठमाण्डौ अध्ययनको क्रममा संगठीत भएर यस क्षेत्रमा संगठीत वा स्वतन्त्र रुपमा भएपनि कम्युनिष्ट विचारको प्रचार प्रसारमा ठूलो भूमिका खेलेका थिए त्यस दौरानमा मण्डले र ने वि संघको विद्यार्थी क्षेत्रमा वार्चस्व रहेको बेला अखिल (छैटौ) लाई प्रतिस्पर्धामा ल्याउने र अन्य प्रगतिशील वामपन्थी विद्यार्थी संगठनलाई अगाडी बढन सहयोग गर्ने काम त्यतिबेलाको स्थानिय पार्टीले महत्वपूर्ण भूमिका खेले । वि.सं. २०३८ को सातौं राष्ट्रिय सम्मेलनबाट यस क्षेत्रको प्रतिनिधित्व गर्दै लेखराज भट्ट छैटौको केन्द्रीय सदस्य चुनिनु भयो । ०३८ र ०४० को विचमा कैलाली कञ्चपुरमा कमैया मजदुर आन्दोलनको साथै शैक्षिक सवाललाई लिएर विद्यार्थी आन्दोलनहरु सञ्चालन भए । वि.सं. २०४२ को बम काण्डले धनगढीलाई पनि प्रभावित ग¥यो । त्यसले निरंकुश पञ्चायतलाई अखिलका विद्यार्थीमाथी दमन गर्न सजिलो बातावरण बन्यो । धरपकड र वारेण्ट जारी गर्ने काम ग¥यो त्यतिबेला विद्यार्थी र शिक्षकहरु संगठनका केन्द्रीय योजनानुसार संघर्षका कार्यक्रमहरु सम्पन्न गरे । उत्तर कर्णाली विद्यार्थी हित मञ्चमा वामपन्थी विद्यार्थीहरु नेतृत्वमा पुगेपछि छैटौ पक्षधर विद्यार्थीहरु कालीकोट लगायतका कर्णालीका जिल्लाहरुमा आन्दोलित बन्दै गए । मञ्चको नेतृत्व सिंहराज शाहीले गरेका थिए र केन्द्रीकृत नेतृत्वमा २०४० देखि ४२ सम्म आन्दोलन सञ्चालन भइरहयो त्यतिबेला संगठनमा भएको फुट र विभाजनले यस क्षेत्रमा पनि प्रभावित ग¥यो ।

(३) २०४६ को जनआन्दोलन देखि महान् जनयुद्धको ऐतिहासिक थालनीसम्म (२०५२)ः पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन उत्कर्षमा पुगिरहेको बेला सेममा विद्यार्थी आन्दोलनमा स्पष्ट तिन धार देखा पर्दछ जो राष्ट्रिय स्तरकै विद्यार्थी आन्दोलनमा थियो । क्रान्तिकारी, सुधारवादी र यथास्थितिवादी । जनआन्दोलनको ऐतिहासिक सफलता पछि सिर्जित नयाँ परिस्थितिमा संगठन विस्तारका काम देशब्यापी रुपमै ब्यापक भए । तत्कालिन सम्झौता धोका हो भन्दै अखिलको मूलप्रवाह देशब्यापी संघर्षको योजना सहित अघि बढ्यो । कालीकोट मान्मा खाँडाचक्रमा ऐतिहासिक रुपमा प्रथम जिल्ला सम्मेलन  आर. एल. श्रमजिवीको उपस्थितिमा संघर्षकै रुपमा सम्पन्न भयो । संघर्षकै क्षेत्रमा नन्दादेवी मा. वि.को झा काण्ड विद्यार्थी आन्दोलनमा उल्लेखनिय छ । कैलाली कञ्चनपुरमा संगठनात्मक गतिविधि अगाढी बढे, अछामका केही युवाविद्यार्थी पनि अखिलको नेतृत्वमा पुगे । कैलालीमा २०४८ को चैत्र २४ को जनआन्दोलन दिवशको दिन रहेको नेपाल बन्द यस क्षेत्रकै ऐतिहासिक बन्न पुग्यो । तत्कालिन गिरिजा सरकारको हत्यारो जत्थाले गोली चलाउँदा विद्यार्थी नेता हरि ज्ञवाली र लक्ष्मी जैशी सख्त घाइते हुनु भयो । केन्द्रीय योजनाहरुको कार्यन्वयन निरन्तर रुपमा हुदै गयो तर जिल्ला सम्मको नेतृत्व समालेका शेखर शर्मा, राम कुमार बैध, रमेश गिरी र केन्द्रीय नेतृत्वसम्म पुगेका व्यक्तिहरुको आन्दोलनबाट भएको पलायन र निस्कृयताले संगठनको प्रभावकारी विस्तारको काममा गतिरोध पैदा ग¥यो । २०५२ को शुरुवातमा जनयुद्धको थालनीको पुर्वतयारीस्वरुप ग्रामिण वर्गसंघर्षको राजनीतिक प्रचार अघि बढेको सेम अभियानमा संगठनको महत्वपूर्ण भूमिका रहयो । त्यतिबेला संगठनको नेतृत्व सेतीमा लेखनाथ पोड्याल र महाकालीमा खगराज भट्टले गरेको देखिन्छ । यता कालीकोटमा २०४८, ०४९ र ०५१ मा क्रमशः दोश्रो र तेश्रो जिल्ला सम्मेलन तथा जिल्ला भेला गरि क्रमशः काली बहादुर शाही, रमेश विष्ट र जनम बराललाई नेतृत्व चयन गरेको देखिन्छ । २०४८ सालमा तत्कालिन गिरिजा प्रसाद कोइराला सरकारको विरुद्ध पुत्ला जलाउँदा फुकोट कालिकोटमा प्रहरीसंगको विद्यार्थीको प्रतिरोध उल्लेखनीय छ ।

(४) जनयुद्धको शुरुवातदेखि हालसम्मः – “नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्न दिर्घकालीन जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने उदघोषकासाथ २०५२ फागुन १ गतेदेखि सर्वहारा वर्गको अग्रदस्ता ने.क.पा.(माओवादी)को नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध महान् जनयुद्धको ऐतिहासिक थालनी भयो । जनयुद्धको थालनी र निरन्तरता नेपालको राजनैतिक इतिहासमा एक युगान्तकारी परिघटना बन्न पुग्यो । देशका विद्यमान राजनैतिक शक्तिहरु तथा सामाजिक जीबनका हरेक अंगमा यसको प्रत्यक्ष र परोक्ष प्रभाव पर्न गयो । यस ऐतिहासिक पहलबाट विक्षिप्त बनेको प्रतिक्रियावादी सत्ता हाम्रो संगठन अखिल (क्रान्तिकारी)लाई नै माओवादी देख्न थाल्यो । संगठनमाथि अघोषित रुपमा प्रतिबन्ध लगाई देशब्यापी हत्या, दमन र धरपकडमा उत्रियो । यसै क्रममा २०५२ फागुन १४ गते गोर्खामा कक्षा ४ मा अध्ययनरत बाल विद्यार्थी दिल बहादुर रम्तलेलाई प्रतिक्रियावादी सत्ताले पहिलो निशाना बनायो र उनि जनयुद्धका पहिला शहीद बन्न पुगे । जनयुद्धको देशब्यापी प्रभावदेखि अत्तालिएको प्रतिक्रियावादी सत्ताले सेती महाकालीमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुरातिर विस्तार हुन थालेको जनयुद्धको प्रभावलाई रोक्न जनयुद्धको वैचारिक वाहक बनेको हाम्रो संगठनमाथि निशाना केन्द्रीत ग¥यो । संगठनको काममा डडेलधुरा पुग्नु भएका के.स. खगराज भट्टलाई डडेलधुराबाट र के.स. लेखनाथ पौड्ललाई अछामबाट गिरफ्तार गरि राज्यद्रोहको मुद्धा लगाई जेल चलान ग¥यो । उता २०५३ सालमा कालीकोटमा जिल्लाब्यापी रुपमा सञ्चालित साँस्कृतिक अभियानले नयाँ उत्साह र उभार पैदा ग¥यो र जिल्लाभर विद्यार्थी संगठीत र आन्दोलित भए । २०५४ बैशाखमा केन्द्रीय उपाध्यक्ष ज्ञाम प्रसाद चालिसेको प्रमुख उपस्थितिमा कालिकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न भयो । जिल्लाभर राजनैतिक प्रशिक्षणहरु सम्पन्न भए । जनवादी शिक्षा प्राप्तीको आन्दोलनमा विद्यार्थीको उत्साहजनक सहभागीता बढेर गयो । संगठन विस्तार र सुदृृढिकरणका कामले तिब्रता पाए । २०५४ मै अछाममा जिल्ला भेलाले अध्यक्षमा टंक बोगटीलाई चयन ग¥यो । कैलालीमा जिल्ला सम्मेलन सम्पन्न गरि रमेश गिरी अध्यक्ष चुनिए भने कञ्चनपुर र बझाङमा पनि जिल्ला भेला सम्पन्न भए । २०५४ मंसिरमा सम्पन्न चौधौं राष्ट्रिय सम्मेलनले निदृष्ट गरेका प्रतिरोध संघर्षका क्रममा सेती महाकाली क्षेत्रको विद्यार्थी आन्दोलनमा नयाँ गति पैदा भयो । 
देशब्यापी रुपमा पैदा भएको क्रान्तिकारी उभारलाई बन्दुकको बलमा दबाउने कुचेष्टा गर्दै प्रतिक्रियावादी सत्ताद्धारा ’किलोसेरा टु‘ ’ जंगल सर्च अप्रेशन‘ नामक नरसंहारकारी अप्रेशन सञ्चालन ग¥यो । हत्या, दमन, बलात्कार, आगजनी, लगायत क्षेत्रमा नै लुटपाटका बर्वर हतकाण्डा अपनाउँदै शुरु गरेको उक्त अभियानको असर यस क्षेत्रमा कैलाली र कालीकोटमा बढी पर्न गयो । केही नेतृत्वहरुको गिरप्तारी पछि हत्या गरियो भने केहीलाई गिरफ्तारी गरि बन्दी बनाईयो । कैलालीमा पार्टी नेतृत्वहरु यज्ञश्वर शर्मा, टंक बोगटी, भानु शर्मा, र भिम ब. भाटका साथै विद्यार्थी जिल्ला सविच छविप्रसाद बोहराको हत्या गरियो । यसै चरणमा बाजुरामा हेमन्त प्रकाश वली र मनबहादुर बमको गिरफ्तारी, अछाममा अखिल(क्रान्तिकारी)का संयोजक रामप्रसाद तिमिल्सेनाको गिरफ्तारी, कालीकोटमा संगठनका अध्यक्ष भक्तिप्रसाद संज्यालको हत्या, कैलालीमा अध्यक्ष रमेश गिरीको पलायन हुनु आदीले तराईमा भइरहेको आन्दोलनको घनिभूत विस्तार र पहाडको राजनैतिक प्रभाव विस्तारमा केही गतिरोध उत्पन्न भयो । संगठनमा केही आत्मसुरक्षवाद र अर्कमण्यताले स्थान लियो यद्यपी गौरवशाली वलिदानीबाट शिक्षा लिदैं ग्रामिण वर्गसंघर्ष तिब्र बन्दै गयो । जनताका दुश्मन सामन्त, दलाल, नोकरशाह, जमिन्दार, सुदखोरहरु गाउँबाट विस्थापित बन्न पुगे । दमन र प्रतिरोधको प्रभाव र असर क्याम्पस र विद्यलयमा अध्ययनरत युवा विद्यार्थीमा पर्न गयो । यसै बेला २०५६ कार्तिक देखि मागमा सम्पन्न “कर्णाली जनहातेमालो अभियान”ले कर्णालीबासीसंग जनयुद्धलाई जीवन पद्धती बनाउन प्रेरित मात्र गरेन, के.स. जनम बरालको नेतृत्वमा बाजुरा र अछामसम्म सञ्चालित अभियानले अछाम बाजुरामा अखिल (क्रान्तिकारी)लाई विस्तार गर्न सफल रह्यो ।
कैलालीमा नवौं जिल्ला सम्मेलन सम्पन्न भए लगतै के.स. नेप बहादुर चौधरीको गिरफ्तारीले संगठनले पुनः अर्को धक्का बेहोर्नु प¥यो । केही समय केन्द्रीय योजनाबाट कटेको अवस्था रह्यो । जनयुद्धको राष्ट्रिय राजनैतिक प्रभाव विस्तार र फौजी सफलता संगै सेती–महाकालीका सबै जिल्लामा जनयुद्धको राजनैतिक विस्तार हुदैं गयो । संगठनको प्रभावमा परेका युवा विद्यार्थीहरु धनगढी, महेन्द्रनगर र भारतको उत्तराअञ्चलको पिथौरागढस्थित कलेजमा संगठीत बन्दै गए । पहाडबाट कलेजमा पढ्ने आउने युवा विद्यार्थीहरुमार्फत जनयुद्धको राजनैतिक प्रभाव र संगठनको विस्तार क्रमश पहाडतिर भयो । यो बिचमा डोटी बाहेकका सबै जिल्लाहरुमा जिल्ला संयोजन समितिहरु गठन भए । २०५७ को पूवार्धमा सम्पन्न संगठको उपकेन्द्रीय भेलाले सेममा संगठन विस्तारमा ठोस वैचारिक उर्जा पैदा ग¥यो । २०५७ को उत्तरार्धसम्म जाँदा कलेजहरुमा र पहाडका जिल्लाहरुमा पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा ध्रुबिकरणको प्रक्रिया अघि बढयो । दक्षिणपन्थी संसाधनवाद र नवसंसोधनवादको दलदलबाट विद्रोह गरि क्रान्तिकारी युवा साथीहरु अखिल (क्रान्तिकारी) आवद्ध हुनु भयो । शिक्षा क्याम्पस डडेधुरामा हरिसिंह मालको नेतृत्वमा अनेरास्ववियु परित्याग गरि भएको क्रान्तिकारी ध्रुबिकरण उल्लेखनीय छ । 
वि.सं. २०५७ को उत्तरार्धतिर सम्पन्न ने.क.पा.(माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलन र यसले सश्लेषण गरेको विशिष्ट विचार श्रृंखला मालेमावाद र प्रचण्डपथको सही राजनैतिक कार्यदिशा र फौजी कार्यदिशाका आधारमा देशब्यापी राजनैतिक तथा फौजी सफलता प्राप्त हुदै गएका थिए । २०५७मा नै क्याम्पसहरुमा स्व वि यू चुनाव सम्पन्न भए । राज्यले खडा गरेको अघोषित प्रतिबन्धको चूनौतीलाई चिर्दै हाम्रा संगठनात्मक र संघर्षका गतिविधि क्याम्पसहरुमा अघि बढे । राष्ट्रियता, जनतन्त्र र जनजिवीका लगायत शैक्षिक सवालमा केन्द्रीय स्तरमा एकल तथा संयुक्त आन्दोलनको नेतृत्व गर्दै हाम्रो संगठन अघि बढ्यो । फलस्वरुप हामीलाई ’उग्रबाम‘ देख्ने संसोधनवादी र नवसंसोधनवादी पण्डाहरु हाम्रो नेतृत्वलाई स्वीकार्दै स्व वि यू चुनावमा संयुक्त प्यानल बनाई जान सहमत भए । यस स्व वि यू मा सेती महाकाली क्षेत्रमा हामीले महत्वपूर्ण सफलता प्राप्त ग¥यौं । सिगनाथ विज्ञान क्याम्पसमा प्राप्त स्ववियूको सफलता र सिद्धनाथ बहुमुखी क्याम्पसको प्राप्त मत र कडा प्रतिस्पर्धा, कैलाली क्याम्पसको स्ववियू निर्वाचनमा भएको सहभागिता र डडेलधुरा क्याम्पसमा स्ववियु निर्वाचनका लोकप्रिय उम्मेदवारसहितको धु्रबिकरणले स्ववियूमा हाम्रो प्रभावकारी उपस्थिति रहन आयो । स्ववियू कार्यालय र होस्टेल जनगुनासो सुन्ने थलो बन्न थाले । यसरी क्याम्पसहरुमा संगठनको प्रभावशाली आधार खडा हुदै गयो । 
उता कालीकोटमा अध्यक्षको हत्या पछि लोकजंग शाही अध्यक्ष चुनिनु भयो । संगठनको काममा सुर्खेत जाँदा उहाँको गिरफ्तारी र सचिव धिरबहादुर बमको शहादत्तले नेतृत्वको अभाव र पीडा भइरहेको बेला बस्तुगत आवश्यकतालाई पुरा गर्न हिम्मतका साथ आन्दोलन अघि बढयो । कमरेड जनम बरालको उपस्थितिमा जिल्ला सम्मेलन गरि खडकराज सेजुवाललाई अध्यक्ष निर्बाचित ग¥यो । २०५७ बैशाखमा जिल्लाभर संगठन विस्तार र परिचालन तिब्र बन्यो । स्थानीय रुपमा रहेका समस्यालाई उठान गरि आन्दोलन सञ्चालन गरियो । 
मालेमावाद र प्रचण्डपथको विकसित विचारलाई आम जनसमुदाय विशेषतः शहरका जनता र विद्यार्थीमा प्रचार प्रसार र स्थापित गर्ने काम युवा विद्यार्थीहरुबाट भयो । महान् अग्रगामी छलाङ्गको योजनामा पश्चिम कमाण्डमा सञ्चालित ‘अग्रगामी कदम अभियान’ अन्तरगत पहिलो चरणको ३ महिनामा सेती महाकालीको तराई र क्याम्पसमा भएको संंगठनलाई पहाडमा विस्तार गरियो । रमेश मल्लको नेतृत्वमा कञ्चपुर जिल्ला समिति अध्यक्ष शरद अवस्थी, कैलाली जिल्ला समिति अध्यक्ष शिवराज ज्ञवाली, अभियान लगतै बझाङ जिल्ला भेलाबाट अध्यक्ष चयन हुनु भएका जनक बुढा लगायतका साथीहरुको यो अभियानमा नेतृत्वदायी भुमीका रह्यो ।
यसैबेला देशको राजनैतिक स्थितिमा ठूला ठूला फेरबदलहरु भए । महान् जनयुद्धले पुरानो सत्ताको विघटन र नयाँ सत्ता गठनको कामलाई तीब्र पारीदियो । प्रतिक्रियावादी सत्ताको संकट टार्न बैदेशिक शक्तिको षडयन्त्रमा जेठ १९ नारायणहीटी हत्याकाण्ड रचना गरियो । दरवार हत्याकाण्ड पश्चात् परम्परागत राजतन्त्रको अन्त भएको र गणतन्त्रको संस्थागत विकास गर्नु पर्ने मुद्धालाई पार्टीले प्रमुखताकासाथ अघि सार्यो । यसको प्रचार प्रसारलाई क्षेत्रव्यापी सभासम्मेलन र प्रशिक्षण मार्फत व्यापक गरियो । क्रान्तिकारी शक्तिसंग सर्मनाक हार खाएको गिरिजा सरकारको बहिर्गमन र शेरबहादूरलाई जनविरोधी सरकारको प्रमुख बनाईयो । राजनैतिक शक्ति सन्तुलनको विशिष्ट अवस्थामा शक्ति संचयको उद्देश्यले दरबारहत्याकाण्डमार्फत नक्कली राजा बनेका ज्ञानेन्द्र शाहीले युद्धविराम गरी वार्ता प्रक्रियामा अघि बढाउन बाध्य भयो ।
शान्तिवार्ता प्रक्रियाको खुला राजनैतिक परिवेशमा हाम्रो संगठनको तर्फबाट क्याम्पस र सदरमुकाममा ठूला ठूला जनसभा र जिल्ला सम्मेलनहरु सम्पन्न भए । यसै क्रममा २०५८ श्रावणको अन्ततिर प्रथम क्षेत्रीय भेला कैलालीको जनप्रिय उच्च मा.वि.मसुरियामा सम्पन्न भयो । भेलाले जनम बरालको संयोजकत्वमा सेती महाकाली क्षेत्रीय समन्वय समितिको गठन गरियो । 
उक्त क्षेत्रीय भेला लगत्तै बसेको क्षेत्रीय समन्वय समितिको बैठकले १५औं राष्ट्रिय सम्मेलनको तयारीको लक्ष्य सहित व्यापक संगठन विस्तार, दुई लाख सदस्यता विवरणको योजना तर्जुमा गर्यो । विभिन्न जिल्लामा सम्पन्न प्रचार सभा, जनसभा मार्फत संविधानसभा र गणतन्त्रको पक्षमा लहर सिर्जना गर्ने कार्य सम्पन्न भयो भने नीजि विद्यालयहरु संगको वार्ता पनि यसै बीचमा सम्पन्न भए । सेती महाकाली क्षेत्रीय समन्वय समितिको तर्फबाट ‘राष्ट्रिय सम्मेलन हाम्रो’ भन्ने गीति एल्बल निकालियो । विराटनगर सम्मेलनमा सबै जिल्लाको उत्साहपूर्वक सहभागिता रहयो । राष्ट्रियता र जनवादको लडाई लडिरहेका क्रान्तिकारीहरुले माले अखिलको संशोधनवादी दल दलबाट विद्रोह गरी भएको धु्रवीकरणले एकता र धु्रवीकरणको प्रक्रियालाई एकता राष्ट्रिय सम्मेलनले एक उत्कर्षमा पु¥यायो । यसले ध्रुवीकरणको लागि तल्लो तहदेखि आधारभूमी खडा गर्दै आएको सेती महाकालीमा अखिल (क्रान्तिकारी) एकमात्र विशाल विद्यार्थी संगठन बन्न पुग्यो । वार्ताको टेबुलमा संविधानसभा जस्तो प्रजातान्त्रिक प्रस्तावलाई पुरानो सत्ताले अस्वीकार गरे पछि राजनैतिक संकट गहिरियो । प्रतिक्रियावादी सरकारले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न नदिने, निशेधाज्ञा जारी गर्ने, शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउने, आधार इलाकादेखि छात्रबास सम्म सैनिक अपरेशन सञ्चालन गर्न थाल्यो । यो विशिष्ट घडीमा राष्ट्रिय सम्मेलन पछि बसेको केन्द्रीय समितिको निर्णय अनुसार २०५८ कार्तिकमा सेती महाकाली क्षेत्रीय समन्वय समितिको दोश्रो वैठक कैलालीमा सम्पन्न भयो । सम्मेलनको भाव सम्प्रेशनको लागि प्रचार सभाको साथै नयाँ राजनैतिक प्रक्रियामा अघि बढ्न विचार, संगठन र संघर्षको क्षेत्रमा तयारी गरेर जाने निर्णय गर्यो ।

गौरवशाली बलिदानी र भिषण प्रतिरोध संघर्षका १५ महिनाः
पुरानो सत्ताको ध्वंशको प्रक्रिया अघि नबढाई अग्रगामी विकल्प संभव नभए पछि जनमुक्ति सेनाले मंसिर ८ गते दाङ्ग, स्याङजा र सोलुमा भिषण आक्रमण गरी जनयुद्धको नयाँ स्तरमा विकास भएको संंकेत गर्यो । उक्त आक्रमणबाट सन्तुलन गुमाएको साम्राज्यवादको कठपुतली ज्ञानेन्द्र देउवा गुटले मंसिर ११ देखि देशमा संकटकाल लागु गरी ने.क.पा (माओवादी)सहित अखिल(क्रान्तिकारी) र सम्पूर्ण क्रान्तिकारी जनसमुदायलाई ‘आतंककारी’ घोषणा गर्यो । नेतृत्वको टाउकाको मोल तोकियो र रेडकर्नर नोटिस जारी गरियो । 
शान्तिवार्ताकालको भारी संगठन, शहरकेन्द्रित खुला कार्यशैली नयाँ परिवेशमा चुनौतीपूर्ण थिए । अर्काैतिर विजयको संसदीय मानसिकता सहित केन्द्रीत भएका अवसरवादीहरु, शान्तिपूर्ण राजनीतिमा मात्र रमाउने कायर तथा आत्मसुरक्षावादीहरु आन्दोलनबाट पाखा लागे र विद्यार्थी एवं जनसमुदायलाई धोका दिए । उता आन्दोलनको भेलमा घुसपैठ गरी आएका अन्र्तघातीहरुले केही स्थानमा गद्दारी  गरि आन्दोलनलाई क्षति पु¥याए । सेती–महाकालीले यो पिडा बढी नै खेप्नु परयो । प्रतिरोध संघर्षमा खारीएको कैलाली बाहेक अरु थिएनन । संकटकालको पहिलो चरणमै कैलालीको बेलादेवीपुर ३ सेहेरीमा क्षेत्रीय संयाजक कमरेड जनम बराल, भू.पू. के.स. क. लेखनाथ पौडेल लगायत ११ जना नेता कार्यकर्ताको मंसिर २३ गते शहादत्त हुन पुग्यो । उहाँहरुलाई खाना खाईरहेको बेला घेरा हाली नियन्त्रणमा लिएर कायरपुर्वक हत्या गरियो । आन्दोलनलाई प्रत्यक्ष नेतृत्व गर्दै अगाडि बढ्नु पर्ने स्थितिमा नेतृत्वको स्तरबाटै भएको बलिदानीले क्षेत्रको आन्दोलनले टुहुरोको अनुभूति गर्नु पर्यो । सुचना सञ्चार विच्छेद हुनु, कतिपय जिल्ला र तल्ला कमिटिहरुमा समन्वयको अभाव हुनु, प्रतिक्रियावादी बर्बर दमन र आतंक तथा आत्मसर्मपणको हल्लाले संगठित ठूलो पंक्ति आन्दोलनबाट पलायन भयो । लाखौं संगठित विद्यार्थी अस्तव्यस्त बने यद्यपि हरेक ठाउँमा नेतृत्वको एक हिस्सा भने जनमुक्ति आन्दोलनको जटिलतासंगै प्रतिरोध आन्दोलनमा सहभागी बन्दै अघि बढ्यो । संकटकालको दोश्रो चरणमा क्षेत्रमा कार्यरत केन्द्रीय सदस्य नेप बहादूर चौधरी र अन्य केन्द्रीय सदस्यहरुको पहलमा नयाँ स्तरमा कामलाई संयोजन गरीयो । सबै जिल्लामा संयोजन समिति निर्माण गरी संकटकालको भण्डाफोर, शहीदहरुको सम्मानमा श्रद्धाञ्जलीसभा, शहिद परिवार भेटघाट र समवेदना व्यक्त गर्ने आदी कामलाई अघि बढाइयो। उपकेन्द्रको बैठकबाट घोषित एक हप्ते शैक्षिक हड्ताललाई (जेठ १ देखि ७ सम्म) क्षेत्रमा सफल पारीयो भने संकटकालको प्रतिरोध गर्दै कैलाली र बैतडीमा जिल्ला भेला सम्पन्न भए । बैतडीमा एक महिने झासु अभियान (झालालेक देखि सुत्लासम्म) र दार्चुलामा एक महिने कुर्च अभियान (कुटीयाङदी देखि चमेलीया चौलानीसम्म संगठन विस्तार) सम्पन्न भए । 
२०५९ श्रावण देखि नयाँ ढंगले क्षेत्रको भुराजनैतिक हेरफेर भयो । आन्दोलनको घनिभूत केन्द्र र पश्चिमी आधार इलाका बनेको कालिकोटलाई सेतिमहाकालीतिर ल्याईयो । कालिकोट र अछामको भूगोल सेती महाकालीमा समावेश भए पछि संगठन विस्तार र सुदृढीकरणको तीन महिने योजना तर्जुमा भयो । २०५९ श्रावण १ र ९ गते बसेको क्षेत्रीय समन्वय समितिको तेश्रो बैठकले अभियानको ठोस कार्यक्रम तर्जुमा गर्यो र रमेश मल्लको संयोजकत्वमा क्षेत्रीय समन्वय समिति पुनर्गठन गरीयो । अभियानकै क्रममा कालिकोटको छैठौं जिल्ला सम्मेलन हजारौं प्रतिनिधि र मलिशियाको मार्चपास सहित दुश्मनको हवाई गस्तीको प्रतिरोध गर्दै सम्पन्न भयो । अभियानले डोटी, बझाङ्ग र बाजुरालाई विशेष ढंगले झक्झकायो भने अन्य जिल्लाहरुमा राजनैतिक प्रभाव विस्तार गर्दै संगठन विस्तारको आधार तयार पा¥यो । यसै बेला निजिकरण र व्यापारीकरण विरुद्धको संघर्ष कैलाली कञ्चनपुरमा तीब्र बन्यो । कैलालीको खडक मेमोरियल र कञ्नपुरको ए.जी. संघर्षको निशानामा पर्यो । यहाँसम्म आउँदा देशको राजनैतिक स्थितिमा तीब्र रुपमा फेरबदल भयो । साम्राज्यवादको आडमा सामन्ती सत्ताद्वारा गरिएको हत्या, दमनका सबै षडयन्त्रहरु चकनाचुर भएर देशव्यापी रुपमा नयाँ सत्ता फौजी र राजनैतिक दुबै क्षेत्रमा पुरानो सत्तामा हावी भएपछि विशिष्ट शक्ति सन्तुलनको स्थिति निर्माण भयो । पुरानो सत्तासंगको दोश्रो वार्ता प्रक्रिया अघि बढ्यो । 
दोश्रो वार्ताकालमा सेती महाकालीमा शान्तिवार्ताको कुनै अनुभूति भएन । प्रतिरोध संघर्षकै बीचबाट अछाम र कैलालीको जिल्ला सम्मेलन गरीयो । यसैबेला कञ्चनपुरमा एमाले अखिलको संशोधनवादी धाराबाट जयबहादूर चन्दको नेतृत्वमा विद्यार्थी साथीहरुले विद्रोहगरी अखिल(क्रान्तिकारी)मा ध्रुबिकृत हुनु भयो । लगत्तै क्षेत्रका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गरी १६आंैं राष्ट्रिय सम्मेलनमा सबै जिल्लाको महत्वपूर्ण सहभागिता रहयो । जिल्लाहरुमा सम्मेलनका संदेश सभाहरु सम्पन्न भए । युद्ध विरामकै क्रममा बझाङ र अछाममा शाही अमेरीकी सेनाद्वारा हाम्रो संगठनका नेता कार्यकर्तालाई अपहरण गर्ने, वेपत्ता पार्ने र सामुहिक बलात्कार गर्ने सम्मका बर्बरताको प्रदर्शन गरे । २०६० भाद्रमा ज.व.स.को क्षेत्रीय संयुक्त भेला अछाममा सम्पन्न भयो । क्षेत्रको प्रथम बैठक ८ गते सम्पन्न भयो । यो बीचमा संकटकालको भण्डाफोर, शाही अमेरिकी सेनाको अत्याचार, अग्रगामी निकासको बाधक साम्राज्यवादको भण्डाफोर गर्दै विचार र संगठनलाई विद्यार्थी बीचमा स्थापित गर्ने काम सम्पन्न भए । साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मासर्मपणवादी तत्वहरुको कारण वार्तालाई अग्रगामी निकास दिन सम्भव भएन । पुरानो सत्ताले दोरम्भा हत्याकाण्ड लगायत देशव्यापी फाँसीवादी हर्कतद्वारा युद्धविराम भंग ग¥यो । देशव्यापी दमन र प्रतिरोधको श्रृंखला अगाडि बढेपछि सामन्ती फाँसीवादद्वारा हाम्रो संगठनलाई पुनः आतंककारीको विल्ला भिराईएको छ । यतिखेर आतंककारीको विल्ला भिराए पनि त्यसको कुनै असर संगठनमा परेको छैन बरु युद्धविराभ भंग भएपछि संगठनको गतिविधी तीब्र र चुस्त बन्दै गएका छन् । यो भनेको युवा विद्यार्थी वर्गको सामन्तवाद र साम्राज्यवाद विरोधी संघर्षमा राजनैतिक र फौजी रुपमा लड्ने चेतनाको विकास हुनुको परिणाम हो ।

एकीकृत जनप्रतिरोध अभियान देखि हालसम्मको कार्यसिंहावलोकनः
गोलमेच सम्मेलन, अन्तरिम सरकारको गठन र संविधानसभाको निर्वाचनको अग्रगामी राजनैतिक निकासको लागि वार्ताको टेबुलमा प्रस्तुत ने.क.पा.(माओवादी) को राजनीतिक प्रस्तावलाई पुरानो प्रतिक्रियावादी सत्ताले अस्वीकार गर्दै आएपछि अग्रगामी निकासको प्रक्रियामा गतिरोध उत्पन्न भइसकेको थियो । त्यसैबेला सम्पन्न संगठनको ऐतिहासिक १६औं राष्ट्रिय सम्मेलन पछि बसेको केन्द्रीय समितिको बैठकले देशको राजनीति जुन ढंगले अघि बढ्छ, त्यही ढंगले जाने निर्णय ग¥यो । शान्तिपूर्ण अग्रगामी निकासको वाधक साम्राज्यावादको भण्डाफोर गर्दै, विचार र संगठनलाई विद्यार्थी विचमा स्थापित गर्ने काम सम्पन्न भए । वार्तालाई अग्रगामी निकासको माध्यम बनाउन संभव भएन । यसैबेला पश्चिम नेपालमा “आधार इलाकालाई जुझारु किल्लामा बदल्दै योजनबद्ध विद्रोहको तुफान सृष्टि गरौं ।“ पार्टी, सेना र जनसमुदायको एकतालाई सुदृढ गर्दै एकीकृत जनप्रतिरोध अभियान भब्य रुपले सफल पारौं ।” भन्ने नाराका साथ माओवादी अभियान अगाडी बढ्यो । उक्त अभियानदेखि हालसम्म करिब डेढ वर्षको समयावधिमा हाम्रो संगठनले सेती महाकाली क्षेत्रमा गरेका वैचारिक, राजनैतिक, सांगठानिक र संघर्ष सम्बन्धि कामहरुको छोटो समिक्षा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

वैचारिक÷राजनैतिक कामः मालेमावाद र प्रचण्डपथको विकसित विचार र नेतृत्वलाई ( इतिहासका शिक्षा र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्ताबेज, क्रान्तिकारी पार्टी र यसको नेतृत्वलाई आम विद्यार्थीवर्ग एवं जनसमुदायमा स्थापित गर्ने काम विभिन्न राजनैतिक अभियान मार्फत गरियो । पहिलो चरणमा एकीकृत जनप्रतिरोध अभियान मार्फत दोश्रो चरणमा पार्टी क्षेत्रको सशस्त्र जनमाचिङ्ग अभियान र तेश्रो चरणमा पार्टी क्षेत्रको एकीकृत जनसैन्य अभियान मार्फत । दोश्रो र तेश्रो चरणको पार्टीको अभियानलाई विद्यार्थी बिचमा ‘कमल पसिन्द्र संगठन विस्तार र सुदृढीकरण अभियान’ नाममा पूरा गरियो ।
अभियानलाई तिन चरणमा बाँडेर हेर्दा पहिलो चरणमा रा.स.ले निदृष्ट गरेको विकसित विचार र नेतृत्वलाई जनतासम्म गाँस्ने योजना मुताबिक अछामको मंगलसेन,कैलाली धनगढी, दार्चुलाको गोकुले, बझाङको जुजिमा केन्द्रीत रुपमा र क्षेत्रभर विकेन्द्रीत रुपमा सन्देशसभा मार्फत २१ औं शताब्दीको जनवादबारे, वार्ता प्रक्रियामा अमेरिकी साम्राज्यवाद र उसको कठपुतली पुरानो सत्ताको अग्रगामी निकास विरोधी षड्यन्त्र र प्रतिरोध संघर्षको आवश्यकतावारे छलफल, अन्र्तक्रिया र प्रशिक्षण सञ्चालन गरियो ।

२०६० भाद्र ६÷७ मा सम्पन्न ज.व.स. को संयुक्त प्रशिक्षण भेला मार्फत विकसित विचारबारे जवस नेतृत्वहरुमा बुझाइमा स्पष्टता र एकरुपता पैदा गर्ने तथा अभियानको ठोस मिति विधिको मुर्तिकरण ग¥यो । विद्रोहको संगठन निर्माण गर्ने प्रश्न वैचारिक प्रश्न भएकोले २१ औं शताब्दीको जनवादको अभ्यास संगठन निर्माणको क्षेत्रमा गर्नुपर्ने विषयमा भएको प्रशिक्षणले नयाँ ढंगको संगठन निर्माणको वैचारिक आधार खडा ग¥यो ।
विद्यार्थी आन्दोलनको केन्द्र कलेज  र विद्यालयमा बनाउने संकल्पका साथ क्षेत्रीय समन्वय समितिको प्रथम बैठक सम्पन्न भयो । परिणामतः अछाम उच्च मा.वि. विनायक लगायत दर्जनौ विद्यालयका शिक्षक तथा विद्यार्थीहरु टिमबद्ध जनफर्मेशनहरु तयार गरि अभियानमा परिचालन भए । यसले अभियानमा नयाँ हलचल ल्याइदियो । आधार क्षेत्रमा सत्ता सुदृढ गर्नेदेखि भित्रको क्षेत्रमा संगठन विस्तारको मजबुत आधार भूमि तयार ग¥यो । यसको राजनैतिक प्रभाव क्षेत्रभरी विस्तार भयो । यसले शैक्षिक आन्दोलनमा २१ औं शताब्दीको जनवादको अभ्यास गर्ने व्यवहारीक ढोका खोली दियो ।

माघ १२, २०६० मा क्षेत्रीय समन्वय समितिको दोश्रो बैठक सम्पन्न भयो । बैठकले एकीकृत जनप्रतिरोध अभियानको समिक्षा गर्दै नयाँ अमियानको कार्ययोजना तर्जुमा ग¥यो । २१औं शताब्दीको जनवादको व्यवहारीक प्रयोगद्वारा पैदा भएको उभारलाई सुदृढ, विकास र विस्तार गर्नु पर्ने चुनौती संगठनको अगाडी थियो । त्यसलाई शसस्त्र जनमाचिङ्ग अभियानको योजना अनुसार जनताद्वारा जनप्रशिक्षणको विधिद्वारा अभियानलाई अघि बढाउने निर्णय भयो । नयाँ ढंगको संगठन जन नियन्त्रित संगठन निर्माणको लक्ष्य अनुसार विद्यालयमा सुद्धिकरण आन्दोलन संञ्चालन गरियो, अन्तरविद्यालय स्तरिय अन्र्तक्रिया मार्फत जनप्रशिक्षणलाई प्रभावकारी तुल्याउँदै आधार क्षेत्रमाा सुदृढीकरणमा जोड दिइयो भने विस्तारका क्षेत्रमा मोडेल विस्तार गर्ने योजना मुताबिक क्षेत्रका सबै जिल्लाका विद्यालयहरुलाई टिमबद्ध फर्मेशन बनाई अभियानमा परिचालन गरियो ।
कमाण्ड नं. १ र २ का ६ ओटा जिल्लामा आन्तरिक रुपमा वैचारिक राजनैतिक स्कुलिङ संचालन गरियो । महिला विद्यार्थीहरुको नेतृत्व क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ महिला विद्यार्थीहरुको उपक्षेत्रीय भेला सम्पन्न गरियो ।
राजनैतिक कामभित्रै आधार क्षेत्रको कालीकोट जिल्लामा संगठनको पहलमा जनसाक्षरता अभियान सञ्चालन गरियो ।
अछाममा शिक्षक विद्यार्थीहरुलाई व्यवहारिक र शिपमूलक शिक्षाको जग बसाल्न कृषि तालीम संचालन गरियो ।
यसरी यो अभियानले “कमल पसिन्द्र संगठन विस्तार र सुदृढिकरणको उद्देश्य हासिल गर्न सफलता मिल्यो” 
अभिायनको तेश्रो चरण वा उत्कर्षमा रणनैतिक प्रत्याक्रमणको आधार तयार पार्न संगठीत फर्मेशनहरुलाई कम्पनी बटालियन हुदै विग्रडस्तरमा केन्द्रीकृत र बिकेन्द्रीकृत रुपमा परिचालन गरियो । आधार इलाकाबाट कैलाली, कञ्चनपुरमा शक्ति केन्द्रीत गरि अभियानलाई विद्रोह इलाकामा केन्द्रीत गरियो । प्रतिक्रियावादीहरुका विद्यार्थी अपहरण र युद्धमा मानव ढालप्रयोगको भ्रमहरु चिर्दै महिनौं दिनसम्म विद्यार्थी अभियानमा परिचालित भए । अभियानले विद्यार्थी वर्गमा प्रतिरोध क्षमताको विकास ग¥यो । सयौं युवा विद्यार्थीहरु जनमुक्ति सेनाको नियमित फर्मेशनमा भर्ति हुने लहर चल्यो । अछाम, डोटी, दार्चुला, बैतडी, बझाङ, कञ्चनपुरमा यो लहर बढी देखा प¥यो । कलेजहरुमा छुट्न गएको राजनैतिक गतिविधिलाई संयोजन गर्न यस क्रममा सफलता मिल्यो । संगठन भित्र देखा पर्ने आत्मसर्मणवाद, आत्मासुुरक्षावाद, अर्कमण्यतावाद, उदारता, यन्त्रिकता, जड्ता लगायतका विपरितहरुसंग लड्दै संगठनलाई वैचारिक र राजनैतिक रुपले सापेक्षीत रुपमा परिपक्व र जुझारु बनाउनु नै अहिले सम्मको विचार र राजनीतिको क्षेत्रमा प्राप्त सफलता हो ।

संगठन सम्बन्धि कामः नयाँ विचार अनुसारको नयाँ संगठन भनेको के हो र यो कसरी निर्माण गर्न सम्भव छ भन्ने प्रश्नको व्यवहारीक उत्तर खोज्ने काम यो अवधिमा भयो । पहिलो चरणमा आन्दोनको नारामा आउने जतिलाई संगठीत गर्ने काम आधार क्षेत्र विशेषतः अछाममा भयो । संगठनको उच्चतम रुप फौज हो भन्ने मान्यता अनुसार जनम सैन्य शिविर मार्फत मिलिसियालाई सुदृढ गरी वर्गीकरण गरियो ।
अछाममा दोश्रो जिल्ला सम्मेलन सम्पन्न भयो । दोश्रो चरणमा जनताद्वारा जनसंगठनको विधि अनुसार विधार्थीहरुद्वारा विद्यार्थी संगठित गर्ने संगठनात्मक अभियानद्धारा क्षेत्रभर हजारौं संगठन विस्तार गरियो । अभियानको अन्ततिर कैलाली र कालीकोटबाहेक ९ वटा जिल्लामा हजारौं विद्यार्थीहरुको सहभागीतामा प्रतिरोधपूर्ण रुपमा जिल्ला सम्मेलनहरु सम्पन्न भए ।
आधार इलाकाको मुख्य जिल्ला कालीकोट र विद्रोहको मुख्य जिल्ला कैलालीमा इकाईदेखि एरियासम्म संगठन सुदृढ विस्तार गरि जिल्ला सम्मेलनको आधार तयार गरियो । 
पछिल्लो चरणमा विकसित विचारको व्यवहारीक अभ्यास गर्दै संगठनलाई प्रतिनिधिद्धारा निर्वाचित गर्ने योजनाका साथ प्रत्यक्ष निर्वाचनको विधि प्रयोग गर्न शुरु गरियो । प्रतिस्पर्धात्मक रुपमा कालीकोट जिल्ला सम्मेलन सम्पन्न भयो । जनतका छोराछोरी सबै अखिल (क्रान्तिकारी)भन्ने नाराको व्यवहारीक कार्यान्वयन भइरहेको छ ।
कैलाली, कञ्चनपुरमा पनि यो अवधिमा संगठन विस्तारको काम भईरहेको छ । दुश्मन नियन्त्रित सदरमुकाम र कलेजहरुमा नगर कमिटी र कलेज इकाई समिति निर्माण भएका छन् ।
जिल्लाका मुख्य मुख्य विद्यालयमा जनसाँस्कृतिक टिम र जनमिलिसिया टिम गठन भएका छन् । अग्रभागका कतिपय विद्यार्थी मिलिसियालाई आधारभूत तालिम पनि दिइएको छ ।

संघर्ष सम्बन्धी काम ः 
दमन र प्रतिरोध ः–
ऐतिहासिक १६औं राष्ट्रिय सम्मेलनले निर्दिष्ट संघर्षको योजनामा २६ सुत्रीय मागपत्रलाई सबै जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्रको रुपमा पेश गर्ने निर्णय अनुसार श्रावण २३ गते अछाम लगायतका जिल्लामा जनप्रर्दशन सहित सम्पन्न भए ।
बझाङ् जिल्ला शिक्षा कार्यालय जान थालेको अध्यक्ष हंशराज खड्काको नेतृत्वको ११ जनाको टिमलाई शाही अमेरिकी सेनाले गिरफ्तार गरि वेपत्ता पार्यो । उहाँहरु हाल सैनिक हिरासतमा हुनुहुन्छ । श्रावण २९ गते विद्यालयमा कार्यक्रम गरिरहेको बेला ओलिगाउँ अछाममा विद्यार्थीमाथि गरेको निन्दनीय व्यवहार, पासविक यातना, सामुहिक बलात्कार आदी विषयलाई लिएर चरणवद्ध कार्यक्रम सहित भाद्र १–१५ सम्म बझाङ्गका शिक्षण संस्था बन्द सफल रहयो भने भाद्र ३१ गते अछाम बन्द सफल भयो ।
क्षेत्रीय समन्वय समितिको तर्फबाट यो २ वटा विषय र संगठनमाथिको प्रतिबन्ध र आतंककारी घोषणाको विषयलाई लिएर असोज १–७ सम्म १ हप्ते शिक्षण संस्था हड्ताल सफल भयो । उक्त हड्ताल आधार क्षेत्रमा अभियानात्मक रुपमा सफल पारीयो ।
अभियानको प्रवाह क्षेत्रभर विस्तार भएबाट अत्तालिएको शाही अमेरिकी सेनाले डोटी मुढभरामा विद्यालय हाता भित्रै आक्रमण गर्यो । विद्यार्थी तथा सर्वसाधारणको हत्या गर्यो । त्यसका विरुद्ध कार्तिक २३, २४, २५ गते डोटी शिक्षण संस्था बन्दको कार्यक्रम सफल रह्यो । यसको लगतै एकातिर शाही अमेरीकी सेनाले डोटी घन्टेश्वरमा जनमुक्ति सेनाकासँगको मोर्चामा भोगेको फौजी पराजय र अर्कोतिर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा मुढभरा घट्नाबाट पुरानो सत्ता राजनैतिक रुपमा तिरिस्कृत भयो । 
अछाममा पदम अधिकारीको आत्मसमर्पण गद्दारी र एस.एल.सी. दिन सदरमुकाम गएका विद्याथीहरुमाथि शाही सेनाद्वारा गरिएको अपहरण र विद्यार्थीको सशक्त प्रतिरोध विशेष उल्लेख्य छ ।
आधार क्षेत्र विशेषतः कालिकोटमा जिल्लादेखि इकाई सम्म शुद्धिकरण बैठक मार्फत आन्दोलन सञ्चालन गरियो । यसबेला जनयुद्धको बार्षिकोत्सव, बलिदान दिवश, जनम स्मृति दिवश लगायतका क्रार्यक्रम खुला प्रशिक्षण मार्फत सम्पन्न गरिए । 
दमन र प्रतिरोधको यो श्रृंखलाबद्ध विकाससंगै पहिलो चरणको अभियानकै क्रममा कञ्चनपुर अध्यक्ष जय बहादूर चन्द, कैलाली उपाध्यक्ष गणेश चौधरी लगायत क्षेत्रभरी १८ जना विद्यार्थी नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको शहादत्त हुन पुग्यो । यो शहादत्त संगठनको लागि अपुरणीय क्षति बन्न पुगेको छ । पछिल्लो अभियानमा पुनः कञ्चनपुरमा अध्यक्ष बसन्त चौधरीको गिरफ्तारी र कैलाली धनगढी नगर समितिका साथीहरुको गिरफ्तारी पुरानो सामन्ती सत्ताद्वारा संगठनलाई ‘आतंककारी’ विशेषण फिर्ता गरी वार्ताको पहल गरिरहेकै बेला भएकोले प्रतिक्रियावादी सत्ता नागरीक समाज, बद्धिजीवि, विद्यर्थी वर्गको बीचमा नाँगेझार भएको छ । संगठनले जिम्मेबार नेताहरुको गिरफ्तारीले क्षतिको पिडा खेप्नु परेता पनि त्यसलाई प्रतिरोध संघर्षमा बदल्दै कैलाली कञ्चनपुरमा विशेष गरी शहर र सदरमुकाममा अनिश्चितकालिन शैक्षिक हड्तालको कार्यक्रम मार्फत आन्दोलनमा उर्जा पैदा गर्ने काम भयो ।
यी संघर्षका अलावा केन्द्रीय समितिमा घोषित अनिश्चितकालिन शैक्षिक हड्ताल तथा पार्टीको केन्द्र र क्षेत्रीय व्यूरोद्वारा निर्धारित राजनैतिक तथा फौजी योजनामा आम जनसमुदायको साथ राजनैतिक साँगठानिक, सास्कृतिक र युद्ध व्यवस्थापनको बाटोमा आम विद्यार्थी र विद्यार्थी मिलिशियाहरु परिचालित हुँदै आएका छन् ।

स्ववियू षडयन्त्रका विरुद्धको संघर्ष ः–
नेपाली विद्यार्थीहरुको आस्थाको केन्द्र बनेको अखिल (क्रान्तिकारी) लाई कलेजहरुबाट अलग्याउने र सिध्याउने तथा गणतन्त्रको पक्षमा सडकमा उर्लिरहेको विद्यार्थीको विद्रोहलाई क्याम्पसमा फिर्ता गरी एक आपसमा भिडाउने र आन्दोलनलाई तुहाउने षडयन्त्रका साथ शाही सत्ताद्धारा घोषित स्ववियू चुनावलाई प्रतिगामी खेलको संज्ञा दिँदै हाम्रो संगठन अन्तरिम स्ववियूको विकल्प लिएर अगाडि बढ्यो । सेती महाकाली क्षेत्रमा उक्त योजना कार्यान्वयनको शिलशिलामा पहिलो चरणमा प्रचारात्मक तथा अन्य संगठन र विद्यार्थीहरुसंगको अन्र्तक्रियात्मक कार्यक्रमलाई तीव्र पारीयो । पर्चा, पोष्टरिङ्ग, वालपेन्टिङ्ग, कार्टुन प्रदर्शन, पुत्ला दहन, मशाल जुलुश, कोणसभाहरु सम्पन्न गरिए । धनगढी र महेन्द्रनगरमा विभिन्न विद्यार्थी संगठनका नेता, पुरानो स्ववियू प्रतिनिधि र प्राध्यापकहरुसंग अन्र्तक्रिया सम्पन्न गरीए । पूरानो सत्ताको युनिफाइड कमाण्डको सुरक्षा घेरासहित चुनाव गर्ने उर्दी जारी गरेपछि केही स्थानमा साँकेतिक कार्यवाहीहरु सम्पन्न भए । फाल्गुन ३ गते कैलाली बहुमुखी क्याम्पसमा बम विस्फोट, फागुन ४ गते महेन्द्रनगर सिद्धनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी, फागुन १२ गते शिक्षा क्याम्पस डडेल्धुरामा भएको साँकेतिक विस्फोटन र लुकीछिपी स्ववियू घोषणा गर्ने अछाम वयालपाटा स्थित जनता क्याम्पसको स्ववियू कागजात कब्जा गरी १४ गते गरीएको आगजनी र उमेदवारको राजीनामा प्रतिरोध संघर्षका सफलता हुन । स्ववियू षडयन्त्रका विरुद्धको यस संघर्षमा सेती महाकाली क्षेत्रमा प्रतिगामी सत्ता पूर्णरुपमा असफल भयो ।

एकमुष्ट शुल्क विरोधी आन्दोलन ः–
सामान्यतः क्षेत्रभरी विशेषतः कैलालीमा सञ्चालित उक्त आन्दोलन विशेष प्रभावकारी रह्यो । शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियाबाट ४ महिनासम्म सबै विद्यालयमा शुल्क उठाउन ठप्पै पारीयो । विद्यार्थीहरु जिल्ला शिक्षा कार्यालय .घेर्न सदरमुकाम पुगे । प्रतिक्रियावादी सत्ताले प्रकट गरेको निरिहता र विद्यालय सञ्चालनमा देखापरेको संकटले आन्दोलनमा केही अकर्मण्यता पनि पैदा भयो । जिल्लाव्यापी रुपमा नीजि तथा सरकारी विद्यालयका शिक्षक विद्यार्थीसंगको अन्तरक्रियाले आन्दोलनको विषयलार्य निरन्तरता दिने गरि विद्यालय सञ्चालनको सहजीकरणको लागि तत्कालको लागि उक्त संघर्षलाई फिर्ता लिइयो । यस बाहेक अन्य राजनैतिक संघर्षहरुमा एस.एल.सी. परीक्षाको लागि सञ्चालित आन्दोलन, पुरानो सत्ताको राष्ट्रिय गान र क्यालेन्डरको विरुद्ध र विकल्पमा सञ्चालित आन्दोलन, दार्चुलामा गोकुलेका विद्यार्थीले शिक्षक सरुवा विरुद्ध गरेको आन्दोलन, नैतिक शिक्षा विरोधी आन्दोलन, टयुसन विरोधी आन्दोलन आदी प्रचारात्मक तथा क्रियात्मक खालका संघर्षका रुपहरु सहित सञ्चालीत संघर्ष यहाँ उल्लेखनीय छन् । 

प्रतिरोध संघर्षमा ः–
विद्यार्थी मिलिशियाद्वारा जिल्ला शिक्षा कार्यालय कैलाली, डडेल्धुरा र अछाममा गरिएको विस्फोट तथा जनकार्वाही, प्रेमसिंह बोहराको गिरफ्तारी र दामोदर गौलीलाई नियन्त्रणमा लिई गरिएको राजनैतिक हस्तक्षेपले शैक्षिक आन्दोलनमा नयाँ वहस सिर्जना गरेको छ । यसरी हेर्दा विचार, राजनीतिले संगठन र संघर्षको क्षेत्रमा विकसित विचार र नेतृत्वलाई स्थापित गर्दैै अखिल(क्रान्तिकारी) सेती महाकाली क्षेत्रमा विशाल र र जुझारु संगठनको रुपमा खडा भएको छ । वैचारिक राजनैतिक श्रेष्ठता सहित आम विद्यार्थीहरुको संगठनमा आव्हान र जनवादी शिक्षा प्राप्तीको संघर्षमा संगठनको जुझारु परिचालन र लडाकु चरित्र नै सेम क्षेत्रको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वर्तमान हो । पुरानो सत्ताको समुल ध्वँस नगरि नयाँ जनवादी सत्ता स्थापना गर्न संभव छैन र जनवादी सत्ताको राजनैतिक नेतृत्वमा जनवादी शिक्षाको अभिष्ट प्राप्ती हुन्छ भन्नेमा अखिल (क्रान्तिकारी) स्पष्ट छ ।

प्रचार तथा प्रकाशन ः– प्रचार क्षेत्रको काममा क्षत्रीय कार्यालय र केही जिल्ला समितिको तर्फबाट पत्रकार भेटघाट, प्रेश विज्ञप्ती, अपील मार्फत संगठनका रुपमा संघर्षको योजना सार्वजनिक गर्ने काम भए । आन्दोलनका नाराहरु ः वाल पेन्टिङ्ग, व्यानर, झण्डा, कोणसभा, जनसभा प्रचारको माध्यम बने । ढिलै भए पनि प्रकाशनको क्षेत्रमा जनसंग्राम अंक एक प्रकाशित गरिएको छ । यो नै क्षेत्रीय संमन्वय समितिको तर्फबाट प्रकाशनको क्षेत्रमा पहिलो पाइला हो ।

सीमा र कमजोरीहरु ः—
१. नेता तथा कार्यकर्ताहरुको वैचारिक र राजनैतिक स्तर उकास्न आवश्यकता अनुरुप वैचारीक राजनीति प्रशिक्षण, छलफल र अन्तरक्रिया चलाउन सकिएन । 
२. विद्यार्थी समुदायमा आएको नयाँ उभार नयाँ तरङ्ग र नयाँ लहरको सही क्रान्तिकारी नेतृत्व कायम गर्ने ।
३. सक्षम कार्यकर्ता विकासमा जोडगर्दा गर्दै पनि आवश्यकता र क्षमताको अन्र्तविरोधले अपेक्षित कमाण्ड पुगेको देखिदैन । 
४. अभियान परिचालनमा मुख्यतः राजनैतिक कमाण्डकै समस्या प्रमुख बन्यो । कमाण्डको कुरा गर्दा यात नोकरशाही बन्ने यात कमाण्डनै फुत्किने गरी उदार बनिदिने कित अभियानको योजना बनाउन गाह्रो हुने बनाएपछि लामो र मिच्छिने खालको बनाउने, पढाइको कुरा गर्दा अभियान प्रति वेवास्ता गर्ने, अभियानका कुरा गर्दा पढाइप्रति वेवास्ता गर्ने, यात अभियानमा गए पूर्णकालिन नै बन्नु पर्छ यात अभियानमा पालो कटाउन जानु पर्छ भन्ने अतिबुझाई
५. दुश्मन र अवसरवादीको अपहरण र मानव ढालको प्रचार आतंकलाई प्रयाप्त रुपमा चिरफार गर्न नसक्दा अभिभावकहरुमा पर्न जाने भ्रम र आतंकले विद्यार्थीहरुको एक हिस्सा विद्यालयबाटै पलायन हुनु (विस्तारका क्षेत्रमा अझ बढी) 
६. विद्यार्थी र शिक्षकको बीचमा हुने प्रस्तुति, अनुशासित, नरम मिजासिलो र सम्मानित भन्दा पनि लगाम विहिन रुखो, कडा र अपमानित खाले गरिने नोकरशाही परिचालनले कतिपय स्थानमा अभियान प्रति वितृष्णा पैदा हुनु राजनीतिक स्पष्टता सहित परिचालन गर्ने भन्दा डर धाक धम्की, रवाफ पेलेर परिचालन गर्न खोज्दा अभियान बाध्यता बन्नु 
७. यदाकदा विद्यालय क्षेत्रमा योजनाविना नै हुने गरेको अनावश्यक प्रवेश र शिक्षण सिकाईमा सहयोगी बन्ने भन्दा बोझिलो बन्ने हाम्रा कार्यशैली अभियान परिचालनमा मात्रै नभई शैक्षिक आन्दोलनकै विपरित कार्यशैली हुन् । यीनलाई तत्काल सच्याउनु जरुरी छ ।
८. प्रकाशनको क्षेत्रमा शुरुवात गरेता पनि निरन्तरता दिन सकिएको छैन । 
९. पुरानो शिक्षा प्रणालीको विकल्पमा स्थापना गर्ने जनवादी शिक्षाको बारेमा प्रयाप्त बहस, छलफल र अन्तरक्रियाको माध्यमबाट त्यसलाई विकास गर्दै लैजाने विषयमा प्रयाप्त काम हुन नसक्नु ।
१०. नयाँ सत्ताको अभ्यास भैरहेको ठाउँ विशेषत आधार इलाका शैक्षिक आन्दोलनलाई जनचेतनामुलक साक्षरता आन्दोलनको रुपमा प्रभावकारी रुपमा उठान गर्न नसक्नु ।
११. आत्मसमर्पणवाद, आत्मसुरक्षावाद, पलायनता लगायत वैचारिक समस्याहरु क्षेत्रीय समन्वय समिति देखि जिल्लाहरुमा छिटफुट रुपमा देखा परे साथै पहिलो चरणमा व्यक्तिवादी अराजकता, यान्त्रिकता, मनोगतवाद तथा २१औं जनवादको विकास र जनवादी केन्द्रीयताको विषयलाई बुझ्नेमा देखिएको समस्या आदी ।
१२. साँकेतिक प्रतिरोध कार्यवाहीको कार्यान्वयनमा देखिएको अराजक कार्यशैलीको समस्या ।
१३. शहर र क्याम्पसहरुमा राजनैतिक प्रचार र संगठनात्मक काममा रहेको प्रभावकारी हस्तक्षेपको कमि।
१४. युद्धकालिन गोपनियता सुचना संचार र रिपोटिङ्ग प्रणालीमा गतिशिलता र चुस्ताको अभाव।
१५. प्राविधिक कलेजहरुमा संगठन निर्माण र विस्तारमा यथेस्ट ध्यान पुग्न नसक्नु ।
१६. आन्दोलनका विविध फाँटका कामलाई मुख्य र सहायकको रुपमा परिभाषित गरी संयोजन गर्ने तथा सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायीत्वको मर्मबोध गर्नेमा यदाकदा कमी रहने गरेका छन् ।
१७. संकीर्णताबाट पैदा हुने इलाकीय स्थानीय, क्षेत्रीयता तथा अराजकताका समस्याहरु यदाकदा देखा पर्ने गरेका छन् ।
१८. नयाँ विचार र पुरानो संगठनात्मक संरचना र कार्यशैलीको बीचमा हुने टक्करले विद्रोहको संगठन निर्माण गर्ने लाभ हासिल गर्नमा समस्या उत्पन्न हुने गरेको छ । यसको प्रयाप्त छलफल, बहस र अन्तरक्रियाको खाँचो छ ।
१९. निजिकरण, व्यापारीकरण मुलतः नीजि विद्यालय विरोधी संघर्षका क्रममा बुझाईमा अस्पस्टताका कारण कतिपय स्थानमा यसलाई जडताका रुपमा लिने जनअनुमोदन नगराईकनै विस्थापन गर्ने, वैकल्पिक व्यवस्थापनको लागि चासो नराख्ने, शुल्क कटौती गर्नेलाई प्रतिस्ठाको विषय बनाउने । यसलाई नै आन्दोलनको प्रधान कार्यभारको रुपमा बुझ्ने जस्ता कमजोरीहरु हुने गरेका छन् ।
२०. शुल्क विरोधी आन्दोलनलाई पनि यान्त्रिक र जड रुपमा बुझ्ने । सरकारी, अर्ध सरकारी र नीजिश्रोतका जम्मै विद्यालयमा सोलोडोलो शुल्क फिर्ताको नारा लागु गर्ने जस्ता समस्या देखा पर्ने गरेका छन् ।
२१. राष्ट्रियताका सवालमा बैदेशिक हस्तक्षेप विशेषतः भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्धको संघर्ष तथा क्षेत्रीय जातीय तथा लिङ्गीय उत्पीडनको विषयलाई वैचारिक तथा कायक्रमिक योजनामा राखेर जानमा कमी रहयो ।
२२. भारतका विभिन्न कलेजहरुमा विशेष गरी उत्तराखण्डको पिथौरागढ लगायतका क्षेत्रमा रहेका नेपाली जनयुद्धको पक्षमा भएका युवा विद्यार्थीहरुलाई संगठीत गरेर जाने काम पछि परेको छ । 

आर्थिक काम ः—
गत प्रथम वैठकदेखि हालसम्मको आर्थिक आम व्यय तथा बचत विवरण यस प्रकार छ । 
१. पुरानो मौज्दात २. लेबीबाट ३. कोटा शुल्क ः मासिक कोटा, प्रकाशन कोटा, विशेष कोटा 
४. विविध शिर्षकमा जिल्लाबाट प्राप्त रकम ।

व्यय ः– १.) आधारभूत खर्च २) लजिष्टिक खर्च ३) स्टेशनरी ४) कार्यकर्ता परिचालन खर्च ५) प्रकाशन खर्च ६) पुस्तकालय खर्च  ७) प्राविधिक खर्च ८) भेला र प्रशिक्षण खर्च 
बचतः—
समस्याहरु ः—
१. कतिपय भेला बैठक÷प्रशिक्षणमा आर्थिक विषय एजेण्डामा नपर्नु । 
२. लेबी र कोटाशुल्कलाई अनुशासनको विषय बनाउन नसक्नु । 
३. सदस्यता शुल्कको रकम उपल्लो कमिटिसम्म नियमित पुर्याउन नसक्नु ।
४. संगठनलाई आत्मनिर्भर बनाउनका लागि आर्थिक पक्षलाई संघर्षकै अभिन्न अंगको रुपमा विकास गर्न नसक्नु । 
५. चन्दा संकलन संगठन परिचालनको मुख्य श्रोत बन्नु ।

आगामी कार्ययोजना 
नेपाली जनयुद्धले विकासका विभिन्न चरण र उपचरण पार गर्दै रण्नैतिक प्रत्याक्रमणमा प्रवेश गरीसकेको छ । यो चरण जनयुद्धको समग्र विकासको अन्तिम र निर्णायक चरण हो । रणनैतिक प्रत्याक्रमणको सैद्धान्तिक अवधारणा, प्रत्याक्रमणमा प्रवेशको राजनैतिक र फौजी आधार र भावी विकासका रुपरेखाबारे बुझाईमा स्पष्टता हासिल गरी सर्वहारावर्गको अग्रदस्ता ने.क.पा.(माओवादी) को विचारधारात्मक, नीतिगत र योजनागत मार्गनिर्देशनको आधारमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको ठोस कार्ययोजना निर्माण गर्नु हाम्रो प्राथमिक दायित्व हुन जान्छ । साम्राज्यवादी हस्तक्षेप विशेषतः भारतीय विस्तारवादी हस्तक्षेप र सामन्ती सत्ताको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति नै प्रत्याक्रमणको प्रमुख चुनौती हो भने क्रान्तिकारी शक्ति र आम जनसमुदायलार्य नयाँ उचाईमा एकतावद्ध गर्न,ु रुपान्तरण गर्नु नयाँ आत्मविसश्वासका साथ दुश्मनमाथि प्रभावकारी प्रहारलाई संगठीत गर्नु प्रमुख कार्यभार हो । 
समग्र जनयुद्धको विकासमा एउटा महत्वपूर्ण अंग बनेको उर्जाशील र जुझारु मोर्चा युवा विद्यार्थीहरुको क्रान्तिकारी संगठनका हैसियतले मालेमावाद प्रचण्डपथको विकसित विचारको सही बुझाई सहित योजना कार्यान्वयनमा हामफाल्नु, घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवादमािथ प्रहार केन्द्रित गर्नु र क्रान्तिकारी हेडक्वार्टरलाई आम विद्यार्थी एवं जनसमुदायमा नयाँ उचाईमा स्थापित गर्ने हाम्रो अगामी कार्ययोजना हुनु पर्दछ । क्रान्तिकारी विद्यार्थी आन्दोलनको पश्चिमी मोर्चाबाट यो लक्ष्य प्राप्त गर्नका लागि ने.क.पा(माओवादी) पश्चिम केन्द्रीय कमाण्डद्वारा ठोस गरिएको ‘एकीकृत अग्रगामी रुपान्तरण अभियान’ को योजना अनुरुप संगठनको पश्चिम उपकेन्द्रीय समितिको ठोस निर्देशनको आधारमा यस क्षेत्रमा निम्न बमोजिमको कार्य योजना तय गरिएको छ । 
१.  बैचारिक राजनैतिक काम ः 
  क) विचार नेतृत्व र आन्दोलनलाई अलग थलग पार्ने प्रतिक्रियावादी र अवसरवादीहरुको षडयन्त्रलाई चिर्दै मालेमावाद र प्रचण्डपथको गतिशील विकासबारे बुझाईमा एक रुपता पैदा गर्न क्षेत्र देखि इकाईसम्म प्रशिक्षण छलफल र अन्तरक्रिया सञ्चालन गर्ने । सर्वहारा क्रान्तिकारी हेडक्वाटरलाई नयाँ उचाईमा एकीकृत र केन्द्रिकृत रुपमा स्थापित गर्ने यस योजना अवधिभित्र जिल्लादेखि इकाईसम्म केन्द्रीय सदस्य र क्षे.स.स.हरुको सहभागितामा नीति तथा योजना सम्प्रेषण सम्पन्न गर्ने । 
ख) भारतीय विस्तावादद्वारा श्रृंखलाबद्ध रुपमा भइरहेको राजनैतिक आर्थिक साँस्कृतिक र भौतिक हस्तक्षेपको साथै सम्भावित सैन्य हस्तक्षेपको व्यापक भण्डाफोर र प्रतिरोध आन्दोलनको तयारी गर्ने । 
ग) पुरानो सत्ताद्वारा गरिएको ‘कथनिमा वार्ता र करनीमा षडयन्त्र’ को जाललाई चिर्दै अन्य विद्यार्थीहरुसंगको संवाद सहकार्यलाई नयाँ स्तरमा विकसित गरी गणतन्त्रको नारामा केन्द्रित गरी संयुक्त आन्दोलन उठान गर्न पहल गर्ने 
घ) सामन्त, साम्राज्यवाद मुलतः भारतीय विस्तारवाद तथा राष्ट्रिय आत्मसमर्पणवाद विरोधी देशभक्त वामपन्थी जनतान्त्रिक तथा प्रजातान्त्रिक विद्यार्थी समुह र व्यक्तिलाई आन्दोलनमा एकाकार गर्ने । 
ङ) आधार इलाकामा जनचेतनामुलक वैचारिक राजनैतिक अभियानकै रुपमा जनसाक्षारता अभियान सञ्चालनमा जोड दिने 
च) विचारधारात्मक रुपमा जुझ्नु पर्ने विषयवस्तु बनेर आएका व्यक्तिवादी अराजकतावाद, अधिभुतवाद, यान्त्रिक भौतिकवाद, मनोगतवाद, आत्मसुरक्षावाद, संर्कीणतावाद, विचार संश्लेषणको महत्वलाई न्युनिकरण गर्ने, नयाँ विचार अनुसारको संगठन र कार्यशैलीमा विकास नगर्ने आदि समस्याका विरुद्ध लडदै विकसित विचार मालेमावाद र प्रचण्डपथ, २१औं शताब्दीमा जनवादको विकासबारे, जनताको जनवादी अधिनायकत्व, जनवादी केन्द्रीयता, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, सिर्जनशील क्रान्तिकारी माक्र्सवाद, शुद्धिकरण र सर्वहारा कार्यशैलीबारे शास्त्रीय तथा व्यवहारिक रुपमा अध्यापन र प्रशिक्षणलाई केन्द्रित गर्ने । 
छ) सेती–महाकाली क्षेत्रको वस्तुगत अवस्थिति, भाषा, सँस्कृति र मनोविज्ञान अनुरुप शैक्षिक नीति तथा योजना निर्माणको विषयमा, स्वायत्त प्रादेशिक सरकारको शिक्षा नीतिको आधारमा, बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा छलफल, बहस र अन्तरक्रिया सञ्चालन गर्ने । 
ज) शहर र सदरमुकाम भित्र रहेका कलेजहरु, सार्वजनिक तथा नीजि विद्यालयबाट विद्यार्थीहरुलाई राजनीतिक अभियान र शैक्षिक भ्रमणको रुपमा आधार इलाका प्रवेश गर्न प्रेरित गर्ने । 
झ) नेतृत्वको चौतर्फी विकास मुलतः महिला, दलित तथा जनजाति क्षेत्रबाट नेतृत्वको विकासको लागि विशेष पहल गर्ने ।

२. संगठनात्मक काम ः–
क) २१औं शताब्दीमा जनवादको विकासको मुल मर्म अनुरुपको संगठनात्मक संरचना निर्माण गर्ने जिल्लादेखि इकाइसम्म नेतृत्व प्रतिस्पर्धात्मक प्रणालीबाट छनौट गर्ने । 
ख) शहरभित्र मुख्यतः क्याम्पसहरुमा जनशक्ति उत्पादनको लक्ष्य सहित युनिटहरु निर्माण गर्ने कृषि, इञ्जिनियरिङ्ग र स्वास्थ्य क्षेत्रका कलेजहरुमा विशेष जोड दिने । 
ग) रणनैतिक प्रत्याक्रमणको योजना अनुरुप संगठन निर्माण गर्ने । अहिलेको सन्दर्भमा योजनाको संगठन भन्नाले संगठनको फौजीकरण नै हो । संगठनको फौजीकरणको भूर्त अभिव्यक्ति भनेको समग्र संगठनलाई मिलिशियामा रुपान्तरण गर्नु हुनेछ । विगतमा हगुल्टे, विनायक लगायतका थुप्रै मोर्चामा विद्यार्थी मिलिशियाको सहभागिता र प्रतिक्रियावादी सेनामाथि आक्रमणको बस्तुगत आवश्यकताको माग बमोजिम प्रत्येक उच्च शिक्षण संस्थामा नेताहरुको एक सुदृढ मिलिशिया र त्यसको मातहतमा आम मिलिशिया निर्माण गर्ने । 
घ) कुनै पनि राजनैतिक अभियान संचालन गर्दा होस वा संगठनात्मक गतिविधिहरु सञ्चालन गर्दा होस, जनमुक्ति आन्दोलनलाई आवश्यक पर्ने जनशक्ति उत्पादनलाई लक्षित गरी सञ्चालन गर्ने । 
ङ) विद्यालय र कलेजहरुमा विद्यार्थीहरु भित्र रहेको अन्र्तनिहीत समतालाई प्रस्तुति गर्ने उद्देश्यका साथ विविध रचनात्मक कार्यक्रम, कविता, गीत, लेख र रचना, संस्मरण आदि विधाहरुको संयोजन गर्न संगठनको साँस्कृतिक शाखा गठन गर्ने र शिक्षण संस्था १ साँस्कृृतिक टिम निर्माण गर्ने ।

च) संगठनात्मक शुद्धिकरण र कार्यशैलीमा रुपान्तरण सम्बन्धमा ः– विद्यार्थी नेता कार्यकर्ताले सामान्यतः सबैतिर, विशेषगरी कलेज, विद्यालय र होस्टेलमा कार्यक्षेत्र बनाउने कार्यक्षेत्रमा रहँदा जतिबेला पनि निश्चित योजना र कमाण्डमा रहने, नेताहरुले सधैभरी शिक्षण सिकाई क्रियाकलापमा उत्पे्ररक सहयोगीको भूमिका खेल्ने । 
औपचारिक संगठन र नोकरशाही परिचालनको गलत कार्यशैलीलाई सुधार गर्दै सुदृढ संगठन र व्यवस्थित परिचालनमा जोड दिने । 
२१औं शताब्दीको जनवादको विकासले मार्ग निर्देशन गरे अनुरुप दुईलाइन संघर्षमा आम जनता तथा विद्यार्थीको भूमिका सुनिश्चित गरी नेता कार्यकर्ताको गलत विचार तथा कार्यशैलीमा नियन्त्रण कायम गर्न विद्यार्थी तथा जनसमुदायको वैचारिक÷राजनैतिक चेतना अभिवृद्धी गर्ने । 
कमिटिमा विशेषगरी जिम्मेवारी पुरा गर्न सक्ने सदस्यहरुलाई सकभर पुरा गर्न प्रेरीत गर्ने, नसके हट्न प्रेरित गर्ने र हटाउने । अनुशासन विपरित कार्य गर्नेलाई अनुशासनको कार्यवाही गरि कमिटीलाई गठन÷पुनर्गठन गर्ने । 
संगठनका नेता कार्यकर्ताको मूल्याँकन विचार र कार्यदिशाको ब्याख्या (भाषणमा) होइन । उसको जीवन व्यवहारमा जाँच्ने । क्रान्तिकारी प्रतिवद्धता, सिर्जनशीलता र कार्यान्वयनमा साहस र विवेकको आधारमा गर्ने । 
आलोचना र आत्मआलोचनालाई घट्ना सन्दर्भमा केन्द्रित गर्ने ।
मालेमावाद र प्रचण्डपथीय द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा सामन्तवादी तथा औपनिवेशिक शिक्षा नीति भित्र हुने फेरबदल र संघर्षको नाममा भइरहेको शैक्षिक पाठ्यक्रमलाई अध्ययन, छलफल र प्रशिक्षणको विषयवस्तु बनाउने । (विद्यार्थी नेता कार्यकर्ताले) युद्धकालिन अवस्थामा संगठनको कामकै व्यस्तताको बीचमा अध्यापन राजनैतिक छलफल र अन्तरक्रियालाई क्रान्तिकारी सर्वहारा संस्कारको रुपमा विकास गर्ने । 
विद्यार्थी तथा जनसमुदायले कुनैपनि विद्यार्थी नेता, कार्यकर्ताको बारेमा जनअदालतमा उजुरी गर्न पाइने अधिकारको ग्यारेण्टी गर्ने । 
विद्यार्थी नेता, कार्यकर्ताले आफ्नो जीवन शैली विद्यार्थीहरु सरह मिल्ने खालको हुनु पर्नेछ । नेता तथा कार्यकर्ताहरु विद्यार्थी तथा जनसमुदायकै विचमा सुरक्षित रहने । 
हरेक तल्ला कमिटिले माथिल्लो कमिटीको लिखित मौखिक आलोचना वा सुझाब पेश गर्ने । 
प्रत्येक कमिटिले आफ्नो कमिटी र तल्लो कमिटिको डाटा अनिवार्य रुपले राख्ने । 
विद्यालय र होस्टेलमा रहेको संगठनलाई शिक्षण संस्था भित्र उत्पादनको योजना बनाई परिचालन गर्ने । विद्यालयमा प्रत्येक महिनाको १ दिन श्रम दिन तोक्ने । 
अभियान सञ्चालन गर्दा (जहाँ र जहिले जतिबेला जस्ले पनि हुने गरेकोले) निश्चित कमिटी र नेतृत्वको कमाण्डमा निश्चित समयावधिमा पार्टी योजनामा एकीकृत हुने गरी अध्ययन लेखन, अन्र्तक्रिया, प्रशिक्षणको ठोस विधि सहित विद्यार्थी तथा समुदायको वैचारिक, राजनैतिक, संगठनात्मक, फौजी तथा शैक्षिक उद्देश्य हाँसिल गर्ने ठोस लक्ष्य तय गरि गर्ने । 
३) संघर्ष सम्बन्धि कामः 
(क) एकीकृत संघर्षको उठानको तयारी सहित शैक्षिक क्षेत्रमा विद्यमान समस्याहरुको संकलन गर्ने । रणनैतिक प्रत्याक्रमणको प्रचार कार्यलाई केन्द्रमा राख्दै टिमबद्ध प्रचार अभियान संचालन गर्ने । यसका लागि आवश्यक नेतृत्व सुनिश्चित गर्दै क्याम्पस, उ.मा.वि. र मा.वि. हरुको कार्यक्षेत्र निर्धारण गर्ने । 
(ख) हजारौं ठाउँमा एकैसाथ मोर्चा खोल्ने लक्ष्यका साथ सम्पूर्ण तयारी गर्ने, जनमुक्ति सेना भएको ठाउँमा मात्रै मोर्चा खडा नगरेर शिक्षण संस्था, गाउँ र शहरलाई समेत मोर्चामा बदल्ने । जसका लागि शिक्षण संंस्था र गाउँहरुमा टनेल, बंकर व्यापक मात्रमा निर्माण गर्ने। विद्यार्थीहरुको एक मूख्य कार्यभार अध्ययन गर्नु हो भने अर्को महत्वपूर्ण कार्यभार विस्तारवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय युुद्ध लड्नु पनि हो । तसर्थ आधारभूत भौतिक तालीमको व्यावस्था सबैलाई र आवश्यकतामा सुदृढ मिलिसियालाई विविध तालिम संञ्चालन गर्ने । 
(ग) विस्तारवादी हस्तक्षेपका विरुद्ध र राष्ट्रियताका पक्षमा आन्दोलनलाई संगठीत गर्ने, असमान सन्धी, नदीनाला बेचविखन, सिमा अतिक्रमण आदी मुद्दाहरुमा सेती–महाकाली र थारुवान स्वायत्त प्रादेशिक जनपरिषदले घोषणा गर्ने चरणबद्ध संघर्षको कार्यक्रममा एकेबद्धता सहित सक्रिय सहभागि बन्ने ने.क.पा.(माओवादी)को आयोजनामा हुने ।
घ) जनसंघर्ष सेवोटेज र फौजी संघर्षमा हाम्रो संगठनको फर्मेशनवद्ध सहभागिता जनाउने संगठनले संगठित मिलिशियाको कमाण्ड गरी जनमुुक्ति सेनासंग समायोजन गर्ने । 
(ङ) विस्तारवाद तथा घरेलु दलाल नोकरशाहद्वारा सञ्चालित सास्कृतिक तथा शैक्षिक प्रतिस्ठान माथि राजनैतिक भण्डाफोर गर्दै आवश्यकताबारे भौतिक आक्रमणलाई केन्द्रित गर्ने ।
च) विभिन्न गैर सरकारी तथा सरकारी संस्थाद्वारा शैक्षिक क्षेत्रमा विभिन्न नाममा प्रवेश गरी युवा विद्यार्थीहरुको परिवर्तनकामी आवाजलाई फुटाउने र विकेन्द्रित गर्ने षडयन्त्रको भण्डाफोर गर्दै राष्ट्रिय सेवा दल तथा स्काउटको नाममा विद्यार्थीलाई भाडाका सेनामा बदल्ने प्रतिक्रियावादी षडयन्त्रलाई आम विद्यार्थीहरुको सहभागितामा ध्वस्त पार्ने ।
छ) नयाँ शैक्षिक क्यालेन्डर तयार पारी लागु गर्न आन्दोलनकै रुपमा लैजाने ।
प्रिय विद्यार्थी साथीहरु, 
सामन्तवादी तथा औपनिवेशिक शिक्षा प्रणालीले हामी नेपाली युवा विद्यार्थीहरुलाई बेराजगार कारिन्दा र भाटको रुपमा पराधिन र दास जिन्दगी विताउन बाध्य पारेको छ । शिक्षा हुने खानेको पेवा बनेको, भौतिक पूर्वाधार विहिन, शिक्षा क्षेत्रमा विकृति, विसंगति र अराजकता त छँदैछ त्यहाँ शाही सेनाले नाङ्गो नाच नाच्दै विद्यालय क्षेत्रमा नरसंहार गरिरहेको छ । त्यसको उदाहरण बनेका छन् । अछाम वली गाउँ, विनायक, डोटी मुठभरा र बाजुरा आर्टिचौर । बाजुराका उच्च मा.वि. मार्तडी कोल्टी लगायतका दर्जनौं विद्यालयमा शाही सेनाको व्यारेक छन् । भारतीय विस्तारवाद नेहरु डक्ट्रिनको सिद्धान्त अनुरुपनै नेपालमा हस्तक्षेप बढाउदै आएको छ ।  विभिन्न नदी नालामा सामन्तीसत्तासँग सौदाबाजी गर्न र नेपाली जनयुद्धका विरुद्ध राष्ट्रघाति, जनघाति कदम चाल्ने प्रयत्न गर्दैछन् । यस्तो बेला सबै न्यायप्रेमी बामपन्थी प्रगतिशील तथा जनतान्त्रिक विद्यार्थीहरु राष्ट्रियता र प्रजातन्त्रको पक्षमा एक ढिक्का बनौं । नयाँ जनवादी सत्ताको अभ्यास संगै जनवादी शिक्षाको अभ्यास गर्न आवश्यक छलफल अन्तरक्रिया र वहस गरौं । शैक्षिक अधिकार र पूर्ण प्रजातन्त्रको लागि प्रत्याक्रमणको योजनामा सामेल होर्औ । जीत हाम्रो सुनिश्चित छ ।
नाराहरु :
१. महान् जनयुद्ध – जिन्दावाद !
२. अनेरास्ववियू (क्रान्तिकारी) – जिन्दावाद !
३. अर्ध सामन्ती र अर्ध औपनिवेशिक शिक्षाको विकल्प – जनवादी शिक्षाको प्राप्ति हाम्रो संकल्प !
४. साम्राज्यवाद तथा भारतीय विस्तारवाद – मुर्दावाद !
५. सामन्ती अधिनायकवाद – मुर्दावाद !
६. ने.क.पा.(माओवादी) – जिन्दावाद !
७. वीर शहीद – लाल सलाम !
८. जनमुक्ति सेना नेपाल – जिन्दावाद !
(२०६१ कार्तिक १,२ गते अछाम भटाकाटियामा सम्पन्न अखिल(क्रान्तिकारी)को सेती महाकाली क्षेत्रीय भेलामा संयोजक रमेश मल्लद्धारा प्रस्तुत प्रतिवेदन)